जंगली हात्तीको आक्रमणबाट एक दम्पतीको मृत्यु

काठमाडौं, कात्तिक ३ : कञ्चनपुरको शुक्लाफाटा नगरपालिका १२ बसन्तपुर बस्ने ५५ वर्षीय ध्वज बहादुर कार्की र उनकै श्रीमती ४५ वर्षीया मथुरा कार्कीको जंगली हात्तीको आक्रमणबाट बुधबार बिहान मृत्यु भएको छ ।

सोही ठाउँस्थित डिलाशैनी सामुदायिक वनबाट आएका करिब १६ वटा जंगली हात्तीहरुको बथान गाउँमा पसेपछि घरबाट बाहिर निस्की भाग्ने क्रममा हात्तीले लखेटी आक्रमण गर्दा दुवै जनाको घटनास्थलमा मृत्यु भएको हो । 

 Published Date: Wednesday, 20th October 2021 7:33:00 pm