Kathmandu Press

सरकारका १०० दिन : यी हुन् २७ उपलब्धि

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले बुधबार एक सय दिन पूरा गरेको छ। कोभिड–१९ महामारी व्यवस्थापनमा सरकारले उल्लेख्य प्रगति हासिल गरेको देखिएको छ भने एमाले अध्यक्ष केपी ओली नेतृत्वको पूर्ववर्ती सरकारको तुलनामा सन्तुलित परराष्ट्र नीति अवलम्बन गरेको महसुस भएको छ।
सरकारका १०० दिन : यी हुन् २७ उपलब्धि
Hardik ivfHardik ivf

काठमाडौं, कात्तिक ३ : प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले बुधबार एक सय दिन पूरा गरेको छ । कोभिड–१९ महामारी व्यवस्थापनमा सरकारले उल्लेख्य प्रगति हासिल गरेको देखिएको छ भने एमाले अध्यक्ष केपी ओली नेतृत्वको पूर्ववर्ती सरकारको तुलनामा सन्तुलित परराष्ट्र नीति अवलम्बन गरेको महसुस भएको छ ।

यी हुन् सरकारका सयदिने २७ उपलब्धी

(१) सन्तुलित ‘नेपाल पहिला’ परराष्ट्र नीति

(२) सफल खोप कूटनीति

(३) एक करोड ५० लाख खोप व्यवस्थापन

(४) लक्षितमध्ये ३२.६ प्रतिशतले लगाए पूर्ण खोप 

(५) लगानीमैत्री वातावरण निर्माण

(६) निजी क्षेत्रलाई प्रोत्साहन गर्दै आर्थिक स्थिरता कायम

(७) कोभिडको मारमा परेका उद्योगी–व्यवसायीलाई राहत प्याकेज

(८) प्रभावकारी रूपमा कोभिड १९ रोकथाम, नियन्त्रण तथा व्यवस्थापन चुस्त सुरक्षा व्यवस्था

(९) प्रभावकारी रूपमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन

(१०) राजस्व संकलनमा उल्लेख्य वृद्धि

(११) स्टार्टअप व्यावसायलाई प्रोत्साहन गर्ने कार्यविधि तथा कोष तयार

(१२) विद्युतीय लाइन विस्तार तथा विद्युतको पहुँचमा वृद्धि

(१३) सडक तथा यातायातको पहुँच विस्तार

(१४) देशभर निःशुल्क कानूनी सहायता प्रदान गर्ने कानुनी मस्यौदा तयार

(१५) सबै स्थानीय तहलाई इन्टरनेट सञ्जालमा जोडिएको

(१६) विद्युतीय माध्यमबाटै कर विवरण हेर्न तथा भुक्तानी गर्ने व्यवस्था मिलाइएको

(१७) सरकारी कागजातहरूको डिजिटल अर्काइभिङ सुरु

(१८) दुर्गम क्षेत्रमा गुणस्तरीय शिक्षाका लागि डिस्ट्यान्स लर्निङको प्रक्रिया सुरु

(१९) प्राकृतिक विपत्तीमा तत्काल रेस्पोन्स

(२०) क्यान्सर, मिर्गाैला र स्पाइनल इन्जुरीका विरामीलाई मासिक ५ हजार भत्ता दिने निर्णय

(२१) अति विपन्न गरिब परिवारलाई प्रतिपरिवार १० हजार रुपैयाँका दरले राहत दिने घोषणा

(२२) युवा विद्यार्थी लक्षित ‘पढ्दै कमाउँदै’ कार्यक्रम र नारी समुदाय लक्षित ‘महिला पहिला’ कार्यक्रम घोषणा

(२३) सातै प्रदेशमा पर्यटकीय पूर्वाधार निर्माणको प्रक्रिया सुरु

(२४) विविध आयोजना तथा परियोजनाअन्तर्गत हजारौँ पूर्ण रोजगारी सिर्जना

(२५) भूकम्पबाट क्षतिग्रस्त पुरातात्त्विक सम्पदाहरूको पुनर्निर्माण

(२६) भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका समस्याको दीर्घकालीन समाधान गर्न राष्ट्रिय भूमि आयोग गठन गरी कार्य प्रारम्भ

(२७) साफ च्याम्पियनसिपमा उपविजेता बन्न सफल राष्ट्रिय टिमका खेलाडीलाई प्रोत्साहन स्वरूप जनही ५ लाख रूपैयाँ दिने घोषणा

प्रकाशित मिति: १३:२२ बजे, बुधबार, कात्तिक ३, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्