Kathmandu Press

कंगो र दक्षिण सुडानमा नेपाली शान्ति सैनिकहरूको मेडल परेड

संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनामा डेमोक्रेटिक रिपब्लिक कंगो र दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको मेडल परेड सम्पन्न भएको छ।
कंगो र दक्षिण सुडानमा नेपाली शान्ति सैनिकहरूको मेडल परेड
Hardik ivfHardik ivf

काठमाडौं, असोज ३१ : संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनामा डेमोक्रेटिक रिपब्लिक कंगो र दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको मेडल परेड सम्पन्न भएको छ ।

हाल कंगोमा भवानीदल गण २७ औँ डफ्फा र नम्बर २४ फिल्ड गुल्म २४ औँ डफ्फा तैनाथ छन् । मेडल परेडमा ‘युनाइटेड नेसन्स अर्गानाइजेसन स्ट्याबिलाइजेसन मिसन इन द डेमोक्रेटिक रिपब्लिक अफ कंगो’का चिफ अफ स्टाफ जोन स्ट्यान्ले चाइका प्रमुख अतिथि थिए ।

यस्तै, दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको मेडल परेड पनि सम्पन्न भएको छ । दक्षिण सुडानमा गोरखबहादुर गण सातौँ डफ्फा तैनाथ छ । परेडका प्रमुख अतिथि ‘युनाइटेड मिसन इन साउथ सुडान’मा राष्ट्रसंघीय महासचिवका विशेष दूत निकोलस हेसम थिए ।

परेडमा सम्बन्धित मिसनका उच्चपदस्थ अधिकृतहरू, स्थानीय वरिष्ठ पदाधिकारीहरू तथा सुरक्षा निकायका प्रमुखहरूका साथै विभिन्न देशको प्रतिनिधित्व गर्ने सैनिक पर्यवेक्षकहरूको उपस्थिति रहेको जंगी अड्डाले जनाएको छ । दुवै समारोहका प्रमुख अतिथीहरूले आ–आफ्नो सम्बोधनमा नेपाली शान्ति सैनिकहरूले विश्वका द्वन्द्वग्रस्त मुलुकहरूमा शान्ति स्थापनार्थ गरेको योगदानको कदर गर्दै नेपाली शान्ति सैनिकहरूको व्यावसायिक क्षमताको खुलेर प्रशंसा गरेका थिए ।

प्रकाशित मिति: १९:३६ बजे, आइतबार, असोज ३१, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्