Kathmandu Press

प्रदेश-१ मा घटे कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा प्रदेश-१ मा दुईजनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार २१ जनामा संक्रमण देखिएको थियो ।
प्रदेश-१ मा घटे कोरोना संक्रमित
Hardik ivfHardik ivf

विराटनगर, असोज ३० : पछिल्लो २४ घण्टामा प्रदेश-१ मा दुईजनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार २१ जनामा संक्रमण देखिएको थियो ।

प्रदेशमा शनिबार ५९ महिलासहित १३० जना संक्रमणमुक्त भएका छन् । कोरोनाका कारण सो अवधिमा मोरङ, सुनसरी, झापा र इलामका एक-एक जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार प्रदेशमा हालसम्ममा ७०६ महिलासहित दुई हजार ८८ जनाको मृत्यु भइसकेको छ ।

सोही अवधिमा २६ जनाको पीसीआर परीक्षण गर्दा झापाको मेचीनगर र मोरङको केराबारीमा एक-एक जनाको रिपोर्ट पजिटिभ आएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हालसम्म प्रदेशमा पीसीआर परीक्षणबाट एक लाख पाँच हजार ६६१ र एन्टिजेन परीक्षणबाट ४३ हजार २८८ जनामा संक्रमण पुष्टि भएको छ । प्रदेशमा हालसम्म पीसीआर र एन्टिजेन दुवै गरी छ लाख २२ हजार ९८८ जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: १९:२० बजे, शनिबार, असोज ३०, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्