Kathmandu Press

चेन्नईले जित्यो आईपिएल उपाधि

चेन्नईले जित्यो आईपिएल उपाधि
Hardik ivfHardik ivf

काठमाडाैं, असाेज ३० : इन्डियन प्रिमियर लिग (आईपिएल) उपाधि चेन्नई सुपर किंग्सले जितेको छ। शुक्रबार राति दुबईमा भएको फाइनलमा कोलकाता नाइट राइडर्सलाई २७ रनले हराउँदै चेन्नईले उपाधि जितेको हो।

यो चेन्नईको चौथो उपाधि हो । र, उ आईपिएलको दोस्रो सफल टिम हो। चेन्नईभन्दा धेरै मुम्बई इन्डियन्सले ५ पटक उपाधि जितेको छ।

पहिला ब्याटिङ गर्दै चेन्नईले दिएको १९३ रनको लक्ष्य पछ्याएको कोलकाताले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६५ रन मात्र बनाउन सक्यो । उसका लागि बैंकगटेस ऐर र शुभमन गिलले अर्धशतक बनाएपनि अन्य ब्याट्सम्यानले गतिलो योगदान दिन नसक्दा कोलकाता पराजित भयो। ऐयरले ५० र गिलले ५१ रन बनाए ।

कोलकातालाई रोक्ने क्रममा चेन्नईका शार्दुला ठाकुरले ३ तथा जोश हेजलउड र रविन्द्र जडेजाले समान २ विकेट लिए।

यसअघि फाफ डू प्लेसीको ८६ रनको योगदान दिएपछि चेन्नईले ३ विकेट गुमाउँदै १९२ रन बनायो। डु प्लेसिसले ५९ बल खेल्दै ७ चौका र ३ छक्का प्रहार गरे । यस्तै, मोइन अलीले ३७, रुतुराज गायकवाडले ३२ र रोबिन उथप्पाले ३१ रन बनाए। कोलकाताका लोकेइ फर्गुसनले २ विकेट लिए।

प्रकाशित मिति: ०८:०६ बजे, शनिबार, असोज ३०, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्