Kathmandu Press

बाजागाजासहित बोटभैरवमा कालरात्रि मनाइयो

गण्डकी, असोज २८ : पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित कोटभैरव मन्दिरमा बुधबार राति बाजागाजा एवम् बलिपूजासहित कालरात्रि मनाइएको छ। प्रत्येक वर्षको आश्विन शुक्ल (दुर्गा) पक्षको अष्टमी तिथिको...
बाजागाजासहित बोटभैरवमा कालरात्रि मनाइयो

गण्डकी, असोज २८ : पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित कोटभैरव मन्दिरमा बुधबार राति बाजागाजा एवम् बलिपूजासहित कालरात्रि मनाइएको छ। 

प्रत्येक वर्षको आश्विन शुक्ल (दुर्गा) पक्षको अष्टमी तिथिको मध्यरातमा कालरात्रिको विशेष पूजा गरिने प्राचीन प्रचलनलाई निरन्तरता दिँदै कालारात्रि मनाइएको कोटभैरव मन्दिर संरक्षण एवम् व्यवस्थापन समितिका अध्यक्ष चेतबहादुर महतले जानकारी दिए।

Hardik ivf

कालरात्रिको विशेष पूजामा मन्दिर आसपासका बरमाझथर, बरपौवा लगायतका स्थानका दर्शनार्थीको उल्लेख्य उपस्थिति थियो।

प्रचलनअनुसार कोटभैरव मन्दिरमा महाअष्टमीको मध्यरातमा कालो बोकाको बलि दिने गरिन्छ। कालरात्रिको पूजामा सहभागी बनेमा मनोकाङ्क्षा पूरा हुने एवम् शारिरिक अशक्तता जस्ता विभिन्न रोगव्याधीबाट मुक्ति मिल्ने विश्वासका कारण विभिन्न स्थानबाट सर्वसाधारण कोटभैरव पुग्ने गरेका छन्।

मन्दिरको दक्षिणपश्चिममा रहेको ढोरको डाँडामा चन्द्रमा आधा डुबेपछि कारात्रिको पूजा गर्ने प्रचलन यहाँको विशिष्टता हो।

प्रकाशित मिति: १५:३६ बजे, बिहीबार, असोज २८, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्