Kathmandu Press

नेपाल–चीन कुटनीतिक सम्बन्धबारे चर्चा 

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. श्रेष्ठले चीन र नेपालको योजनाबद्ध विकासको कार्यक्रम संगै सुरु भएपनि आर्थिक विकास र प्रतिव्यक्ति आयमा नेपाल निकै पछाडि परेको उल्लेख गरे। 
नेपाल–चीन कुटनीतिक सम्बन्धबारे चर्चा 

काठमाडौं, साउन १९ : विश्व शक्तिका रुपमा स्थापित चीनबाट नेपालले  राजनीतिक तथा आर्थिक लाभ उठाउनुपर्नेमा विज्ञहरुले जोड दिएका छन्।

नेपाल चीन कुटनैतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको अवसरमा फ्रेन्डस अन क्लाउडले काठमाडौंमा गरेको कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा। प्रकाशकुमार श्रेष्ठ, कुटनीतिज्ञ डा. भेषराज घिमिरे, प्रसिद्व साहित्यकार नन्दु उप्रेती, फ्रेन्डस अन क्लाउडका अध्यक्ष शोभित उप्रेतीलगायतले द्विपक्षीय सम्बन्ध र चासोका विषयमा धारणा राखे। 

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. श्रेष्ठले चीन र नेपालको योजनाबद्ध विकासको कार्यक्रम संगै सुरु भएपनि आर्थिक विकास र प्रतिव्यक्ति आयमा नेपाल निकै पछाडि परेको उल्लेख गरे। 

नेपालले अब आफ्नो मुल मुद्दा विकासलाई बनाउनुपर्ने र त्यसका लागि प्राविधिक तथा आर्थिक सहयोग चीनबाट लिन सक्नुपर्ने धारणा राखे। 

प्रा. डा. भेषराज घिमिरेले चीनसंग आर्थिक कुटनीति बलियो पारेर नेपालले फाइदा उठाउनुपर्ने धारणा राखे । चीनले नेपालको आन्तरिक मामिलामा कहिल्यै हस्तक्षेप नगरेको स्मरण गर्दै उनले नेपालको समृद्धिमा चीनले सघाउँछु भन्दापनि नेपाल सरकार र यहाँका राजनीतिक दलहरुले फाइदा उठाउन नसक्नु विडम्बनापूर्ण भएको बताए। 

कार्यक्रममा साहित्यकार नन्दु उप्रेतीले हालै आफुले गरेको चीन भ्रमणको अनुभव सुनाउँदै त्यहाँको जीवनशैली र परिवर्तित सामाजिक अवस्थाबारे जानकारी गराएका थिए। 

क्लाउडका अध्यक्ष उप्रेतीले नेपाल–चीन सम्बन्ध अटुट, विश्वसनिय र चिरस्थायी राख्न एक अर्काको  संवेदनशीलता र चासोमा गम्भीर हुनुपर्ने धारणा राखे।
 

प्रकाशित मिति: २१:४७ बजे, सोमबार, साउन १९, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्