Kathmandu Press

वसन्तपुरमा महानवमी पूजा (फोटो फिचर)

काठमाडौं वसन्तपुर दरबार क्षेत्रमा महानवमीका अवसरमा पूजा गरिएको छ ।
वसन्तपुरमा महानवमी पूजा (फोटो फिचर)
Hardik ivfHardik ivf

काठमाडौं, असोज २८ : काठमाडौं वसन्तपुर दरबार क्षेत्रमा महानवमीका अवसरमा पूजा गरिएको छ ।

आजको दिन दशैंघर र कोतलगायत देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित विशेष पूजा आराधना र दुर्गा सप्तशती चण्डी पाठ गरिन्छ ।

शाकाहारीहरूले महानवमीमा कुभिण्डो, घिरौंला, मूला, काँक्रो र जटासहितको नरिवल बलि दिने चलन छ ।

मार्कण्डेय पुराणअनुसार महानवमीकै दिन चामुण्डा देवीले रक्तबीज नामक राक्षसको बध गरेकी थिइन् । सोहीका कारण महानवमीलाई विशेष महत्त्वका साथ लिइन्छ । कतिपय शक्तिपीठमा हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि दिने चलन पनि छ ।

महानवमीका अवसरमा कोतहरूमा कोत र निशान पूजा गरिन्छ । यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेकहरूमा बाजागाजासहित जंगी निशान पूजा गर्ने चलन छ।

प्रकाशित मिति: ०८:३५ बजे, बिहीबार, असोज २८, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्