Kathmandu Press

तलेजु भवानी मन्दिर आज खोलिँदै

यो मन्दिर महानवमीका दिन वर्षमा एकपटक मात्र खोल्ने गरिन्छ । गत वर्ष कोभिड–१९ महामारीका कारण महानवमीमा पनि खोलिएको थिएन ।
तलेजु भवानी मन्दिर आज खोलिँदै

काठमाडौं, असोज २८ : हनुमानढोका दरबारस्थित तलेजु भवानी मन्दिर आज खोलिँदैछ ।

यो मन्दिर महानवमीका दिन वर्षमा एकपटक मात्र खोल्ने गरिन्छ । गत वर्ष कोभिड-१९ महामारीका कारण महानवमीमा पनि खोलिएको थिएन ।

Hardik ivf

हनुमानढोका दरबार हेरचाह अड्डाका अनुसार यस वर्ष भक्तजनका लागि समेत मन्दिर खोल्न लागिएको हो ।

भक्तजनको घुइँचो व्यवस्थापनका लागि भौतिक दूरी अनिवार्य गरिएको छ । अन्य स्वास्थ्य मापदण्डको पालनामा कडाइ गरिने अड्डाले जनाएको छ ।

प्रकाशित मिति: ०७:३० बजे, बिहीबार, असोज २८, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्