Kathmandu Press

पोर्चुगलको सानदार जितमा रोनाल्डोको ह्याट्रिक

पोर्चुगलको सानदार जितमा रोनाल्डोको ह्याट्रिक
Hardik ivfHardik ivf

काठमाडौं, असोज २७ : पोर्चुगलले फिफा विश्वकप २०२२ को छनोट अन्तर्गत समूह ए को खेलमा लक्जेम्बर्गमाथि फराकिलो जित हात पारेको छ ।

पोचूगलको सहज जितमा फरवार्ड क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेका थिए। रोनाल्डोले पहिलो हाफमा दुई पेनाल्टीसहित तीन गोल गर्दा पोर्चुगल ५–० ले विजयी भएको हो।

रोनाल्डोले खेलको आठौं, १३ र इञ्जुरी समयमा गरी ह्याट्रिक पूरा गरे भने ब्रुनो फर्नान्डेस र जोआओ पाल्हिन्हाले एक एक गोल थपे । रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा १०औं र व्यावसायिक करिअरमा ५८ औं ह्याट्रिक पूरा गरे। उनले आफ्नो अन्तर्राष्ट्रिय गोल संख्यासमेत १ सय १५ पुर्याएका छन्।

उनले केही दिन अघिमात्र इरानका अली दाइले राखेको १ सय ९ गोलको कीर्तिमान तोडेका थिए। यस जितसँगै पोर्चुगल अंक तालिकामा दोस्रो स्थानमा कायम छ । शीर्षस्थानको सर्बियाको ७ खेलमा १७ अंक तथा पोर्चुगलको ६ खेलमा १६ अंक रहेको छ। पोर्चुगलले अब आयरल्यान्ड तथा सर्बियासँग् खेल्न बाँकी छ।

समूहको शीर्ष स्थानमा रहने टोली सिधै विश्वकपको लागि छनोट हुनेछ । दोस्रो स्थानमा रहने टोलीले भने अर्को छनोट चरण पार गर्नुपर्ने हुन्छ।

प्रकाशित मिति: ०८:२८ बजे, बुधबार, असोज २७, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्