मुगु दुर्घटना : मृतक संख्या २८ पुग्यो, घाइतेलाई जहाजमार्फत नेपालगञ्ज ल्याइयो (अपडेट)
मुगुमा भएको बस दुर्घटनामा मृत्यु हुने यात्री संख्या २८ पुगेको छ ।
काठमाडौं, असोज २६ : मुगुमा मंगलबार अपराह्न भएको बस दुर्घटनामा मृतक यात्री संख्या २८ पुगेको छ।
छायानाथ रारा नगरपालिका–७ पिनाटपने खोलामा भएको दुर्घटनामा चालकको पनि मृत्यु भएको छ । २४ जनाको घटनास्थलमै र चार जनाको नेपालगञ्ज लैजाने क्रममा मृत्यु भएको हो ।
मृतकमध्ये १६ पुरूष, सात महिला र एक बालक छन्। घाइते १५ जनालाई समिट एयरको जहाज र सेनाको हेलिकोप्टरबाट नेपालगञ्ज ल्याइएको छ । एक बालिकाको जिल्ला अस्पताल, मुगुमा उपचार भइरहेको छ ।
सुर्खेतबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे१ख ३१६७ नम्बरको बस दुर्घटनामा परेको हो । बसमा ३९ यात्रु सवार थिए ।
सामान्य घाइतेको मुगु जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइतेको उद्धारका लागि प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतका साथै सबै सुरक्षा निकायका प्रमुखहरू खटिरहेका छन् ।
राससको सहयोगमा
प्रकाशित मिति: १६:४७ बजे, मंगलबार, असोज २६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार