Kathmandu Press

नवनियुक्त मन्त्रीहरूले लिए शपथ

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरूलाई शपथ ग्रहण गराएकी छन् । शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा नवनियुक्त मन्त्रीहरूलाई शपथ ग्रहण गराइएको हो ।
नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं, असोज २२ : राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरूलाई शपथ ग्रहण गराएकी छन् ।

शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा नवनियुक्त मन्त्रीहरूलाई शपथ ग्रहण गराइएको हो ।

Hardik ivf

कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका गरी शुक्रबार १६ मन्त्री र दुई राज्यमन्त्री नियुक्त भएका छन् ।

राजेन्द्रप्रसाद श्रेष्ठ    संघीय मामिला तथा सामान्य प्रशासन, विरोध खतिवडा स्वास्थ्य तथा जनसंख्या, डा. मीनेन्द्रप्रसाद रिजाल रक्षा, उमाकान्त चौधरी खानेपानी, रेनुकुमारी यादव भौतिक पूर्वाधार तथा यातायात, प्रेमबहादुर आले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, दिलेन्द्रप्रसाद बडू कानून, न्याय तथा संसदीय मामिला, देवेन्द्र पौडेल शिक्षा, विज्ञान तथा प्रविधि, महिन्द्र राय यादव कृषि तथा पशुपन्छी विकास, उमा रेग्मी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, शशी श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, रामकुमारी झाँक्री    सहरी विकास, गजेन्द्रबहादुर हमाल उद्योग, वाणिज्य तथा आपूर्ति, रामसहाय प्रसाद यादव वन तथा वातावरण, कृष्णकुमार श्रेष्ठ श्रम, रोजगार तथा सामाजिक सुरक्षा र महेश्वरजंग गहतराज युवा तथा खेलकुद मन्त्री बनेका छन् ।

यस्तै, भवानीप्रसाद खापुङ स्वास्थ्य तथा जनसंख्या र बोधमायाकुमारी यादव शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री नियुक्त भएका छन् । राज्यमन्त्रीद्वयलाई प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ ग्रहण गराएका छन् ।

प्रकाशित मिति: १८:०० बजे, शुक्रबार, असोज २२, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्