उपत्यकामा थपिए ३११ कोरोना संक्रमित

काठमाडौं, असोज ९ : काठमाडौं उपत्यकामा थप ३११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

काठमाडौंमा १९८ , ललितपुरमा ७३ र भक्तपुरमा ४० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा देशभर ९५३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।

संक्रमणबाट पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ। अहिलेसम्म कोरोनाको संक्रमणबाट नेपालमा ११ हजार ८७ जनाको मृत्यु भएको छ। 

 Published Date: Saturday, 25th September 2021 4:24:00 pm