Kathmandu Press

ललितपुरमाथि काठमाडौंको ७ विकेटको जित

काठमाडौं, असोज ९ : चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल) मा माठमाडौंले किंग्स इलाभेनले विजयी सुरुआत गरेको छ।शनिबार कीर्तिपुरस्थित टियु मैदानमा भएको खेलमा विदेशी...
ललितपुरमाथि काठमाडौंको ७ विकेटको जित

काठमाडौं, असोज ९ : चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल) मा माठमाडौंले किंग्स इलाभेनले विजयी सुरुआत गरेको छ।

शनिबार कीर्तिपुरस्थित टियु मैदानमा भएको खेलमा विदेशी खेलाडीद्वय रायन ब्रुल र रहमतुल्लाह गुर्बाजले उत्कृष्ट ब्याटिङ गरेपछि काठमाडौंले डिफेन्डिङ च्याम्पियन ललितपुर प्याट्रिओट्समाथि ७ विकेटको जित निकाल्यो।

पहिला ब्याटिङ गर्दै ललितपुरले दिएको १५८ रनको लक्ष्य काठमाडौंले १४.२ ओभरमा ३ विकेट गुमाउँदै भेट्टायो। सुरुआतमै सुभास खकुरेल र अमित श्रेष्ठलाई गुमाएपछि रायन ब्रुल र गुर्बाजले उत्कृष्ट ब्याटिङ गरेपछि काठमाडौंले सहज जित निकालेको हो।

Hardik ivf

स्लो सुरुआत गरेका जिम्बाबेका खेलाडी ब्रुलले ३४ बलमा ३ चौका र ७ छक्का प्रहार गर्दै नटआउट ७३ रन बनाए भने अफगानी ओपनर गुर्बाजले ३६ बलमा समान ४ चौका र छक्का प्रहार गर्दै ५४ रन बनाए।

यस्तै, राजु रिजालले १९ रन बनाए। ललितपुरका पवन सर्राफले १ विकेट लिए। यसअघि टियु क्रिकेट मैदानमा शनिबार टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५७ रन बनायो।

उसका लागि सर्राफले ६१ रनको अर्धशतकीय इनिङ्स खेले। उनले ४४ बलमा ५ चौका र ४ छक्का प्रहार गरे।

यस्तै योगेन्द्र सिंह कार्कीले ३३ रन जोड्दा शंकर रानाले १४ रन बनाए भने भुटानी खेलाडी रनजुङ मिक्यो दोर्जीले अविजित १७ रन जोड्दा नारायण जोशीले १२ रन बनाए।

ललितपुरले राम्रो सुरुआत गर्न सकेन। उसले ७ रन बनाउँदा सुरुआती ३ विकेट गुमाएको थियो। उसका कप्तान कुशल भुर्तेल शुन्य, सन्दुन विराकोडी २ र ओसादा फार्नान्डो ४ रनमा आउट भएका थिए।

काठमाडौंका जितेन्द्र मुखियाले ४ विकेट लिए। उनले ४ ओभरमा १८ रन खर्चिए। यस्तै, रायन ब्रुल र गुलसन झाले २–२ विकेट लिए।

प्रकाशित मिति: १५:५१ बजे, शनिबार, असोज ९, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्