Kathmandu Press

दिल्लीको रोहिणीस्थित अदालतमा गोली चल्यो, एक गुुण्डा नाइकेसहित तीनको मृत्यु

भारत दिल्लीको रोहिणस्थित अदालत परिसरमा भएको गोली हानाहानमा एक गुण्डा नाइकेसहित तीनजनाको मृत्यु भएको छ।
दिल्लीको रोहिणीस्थित अदालतमा गोली चल्यो, एक गुुण्डा नाइकेसहित तीनको मृत्यु

नयाँदिल्ली, असोज ८ : भारत दिल्लीको रोहिणस्थित अदालत परिसरमा भएको गोली हानाहानमा एक गुण्डा नाइकेसहित तीनजनाको मृत्यु भएको छ ।

प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमहरूले जनाएअनुसार मारिनेमा जितेन्द्रमान गोगी नामका गुण्डा नाइके छन् ।

Hardik ivf

गोगीमाथि गोली चलाएका दुई आक्रमणकारीहरू माथि प्रहरीले जवाफी फायरिङ गरेको थियो । आक्रमणकारीहरूले वकिलको पोशाक पहिरिएर आएका थिए । 

घटनामा दुई महिला वकिलसहित तीनजना घाइते भएको बीबीसी हिन्दी सेवाले जनाएको छ ।

दिल्ली प्रहरीका कमिस्नर राकेश अस्थानाका अनुसार रोहिणी अदालतमा गुण्डा नाइके गोगीलाई सुनुवाइका लागि लैजाँदै गर्दा घटना भएको थियो । मारिएका आक्रमणकारीमध्ये एकजनालाई पक्राउ गर्न सहयोग गर्नेलाई ५० हजार रुपैयाँ पुरस्कार घोषणा गरिएको थियो ।

प्रकाशित मिति: १६:२९ बजे, शुक्रबार, असोज ८, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्