Kathmandu Press

सीमा क्षेत्रहरूमा शान्ति र स्थिरता कायम राख्न भारत र चीनबीच सहमति

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य र केन्द्रीय विदेश आयोग कार्यालयका निर्देशक समेत रहेका वाङले आफ्नो दिल्ली भ्रमणका क्रममा मोदीसँग भेट गरेका हुन्।
सीमा क्षेत्रहरूमा शान्ति र स्थिरता कायम राख्न भारत र चीनबीच सहमति

नयाँ दिल्ली, भदौ ४ : सीमा क्षेत्रहरुमा शान्ति र स्थिरता कायम राख्न भारत र चीनबीच सहमति भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ विदेशमन्त्री वाङ यी बिच मंगलबार नयाँ दिल्लीमा भएको भेटवार्तामा यस्तो सहमती भएको हो।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य र केन्द्रीय विदेश आयोग कार्यालयका निर्देशक समेत रहेका वाङले आफ्नो दिल्ली भ्रमणका क्रममा मोदीसँग भेट गरेका हुन्।

Hardik ivf

सीमा प्रश्नको सन्दर्भमा, दुवै पक्षले नियमित व्यवस्थापन र नियन्त्रण सञ्चालन गर्ने, सीमा क्षेत्रहरूमा शान्ति र स्थिरता कायम राख्ने सहमती गरेका हुन्। यस्तै, संवेदनशील बिन्दुहरूलाई उचित रूपमा सम्हाल्ने र सीमा वार्ता सुरु गर्ने विषयमा समेत दुबै पक्षले नयाँ सहमति भएको विदेशमन्त्री वाङले बताएका छन्।

आफ्नो भारत भ्रमणलाई दुई देशहरू बीचको उच्चस्तरीय आदानप्रदानको तयारी भन्दै वाङले भ्रमणको क्रममा भने कि चीन र भारत विभिन्न क्षेत्रमा वार्ता संयन्त्र पुनः सुरु गर्ने, पारस्परिक रूपमा लाभदायक सहयोगलाई गहिरो बनाउने, बहुपक्षीयतालाई कायम राख्ने, विश्वव्यापी चुनौतीहरूलाई संयुक्त रूपमा सम्बोधन गर्ने र एकपक्षीय धम्की दिने कुरामा सहमतिमा पुगेका छन्।

‘दुवै पक्षले सीमा मुद्दाहरूलाई उचित रूपमा व्यवस्थापन र समाधान गर्नुपर्छ, ताकि भिन्नताहरू द्वन्द्वमा परिणत नहोस, यो वर्ष भारत र चीनबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७५ औं वार्षिकोत्सव हो,’ मोदीले भने, ‘दुई देशहरूले द्विपक्षीय सम्बन्धलाई दीर्घकालीन दृष्टिकोणबाट हेर्नुपर्छ र एसियाली शताब्दीको उदय भारत–चीन सहयोगसँग नजिकबाट सम्बन्धित छ, र विश्व विकास र मानवताको कल्याणको लागि दुई देशहरूले मिलेर काम गर्नु अपरिहार्य छ।’ 

उनले सांघाई सहयोग संगठन तियानजिन शिखर सम्मेलनमा भाग लिन आफू उत्सुक रहेको पनि बताए।

प्रकाशित मिति: ११:१० बजे, बुधबार, भदौ ४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्