Kathmandu Press

सरकारले तोक्यो धानको न्यूनतम मूल्य

सरकारले तोक्यो धानको न्यूनतम मूल्य
Hardik ivfHardik ivf

काठमाडौं, असोज ६ : सरकारले धानको न्यूनतम समर्थन मूल्य तोकेको छ ।

आज कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको कृषि तथा पशुपक्षी व्यवसाय प्रवद्र्वन महाशाखाले एक सूचना जारी गर्दै मन्त्रिपरिषद्को भदौ २९ गतेको निर्णयअनुसार धानको न्यूनतम समर्थन मूल्य तोकेको जनाएको छ ।

जसअनुसार महाशाखाले मोटा धानको न्यूनतम समर्थन मूल्य रु २७५२ प्रति क्विण्टल र मध्यम धानको न्यूनतम समर्थन मूल्य रु  २९०२ प्रति क्विण्टल तोकेको छ  ।

यस्तै तोकिएको नयाँ मूल्य गत आर्थिक बर्षको तुलनामा दुबै किसिमको धानमा रु १७ प्रति क्विण्टलले वढी रहेको जनाएको छ । 

प्रकाशित मिति: १९:१३ बजे, बुधबार, असोज ६, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्