Kathmandu Press

एकीकृत समाजवादी केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रस्ताव पारित

काठमाडौं, असोज ६ : नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको प्रथम बैठकको दोस्रो दिन आज (बुधबार) पूर्वनिर्धारित कार्यसूचीअनुसार सम्पन्न भएको छ।मंगलबार सुरु भएको...
एकीकृत समाजवादी केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रस्ताव पारित

काठमाडौं, असोज ६ : नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको प्रथम बैठकको दोस्रो दिन आज (बुधबार) पूर्वनिर्धारित कार्यसूचीअनुसार सम्पन्न भएको छ।

मंगलबार सुरु भएको बैठक भोलि (बिहीबार) फेरि बस्नेछ। मंगलबारको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रस्ताव पेस गरेका थिए। सो प्रस्तावमाथि छलफल गर्न विभिन्न पाँच समूह बनाइएका थिए। समूह नेताहरुले राजनीतिक प्रस्तावमाथि छलफलका क्रममा आएका धारणाका निष्कर्ष प्रस्तुत गरेका थिए। 

Hardik ivf

बैठकमा समूह १ बाट रामकुमारी झाँक्री, २ बाट रामचन्द्र साह तेली, ३ बाट रमा आले, ४ बाट श्रीप्रसाद साह र ५ बाट दिनेशकुमार राईले छलफल उठेका विषयहरुको निष्कर्ष प्रस्तुत गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए।

अध्यक्ष नेपालले जनताको बहुदलीय जनवाद (जबज) लाई कुरुप बनाउने काम भएको बताए। जबज मार्क्सवादको सिर्जनात्मक प्रयोगको एक अध्याय भएको उनले स्पष्ट पारे।

‘हामी जबजको न देवत्वकरण न कुरुपीकरण गर्नेछौं, हामी जबजलाई विकसित गर्नेछौं, समृद्ध पार्नेछौं,’ उनले भने। बैठकले प्राप्त सुझावहरुलाई समावेश गरी अध्यक्ष नेपालद्वारा प्रस्तुत प्रस्ताव सर्वसम्मतका साथ पारित गरेको खतिवडाले जानकारी दिए।

उनले बिहीबार बिहान ११ बजे नयाँ बानेश्वरको थापागाउँस्थित अर्पण बैंक्वेटमा केन्द्रीय कमिटीको बैठक बस्ने जानकारी दिए।

प्रकाशित मिति: १७:२३ बजे, बुधबार, असोज ६, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्