Kathmandu Press

मकवानपुरगढी कृषक प्रोत्साहन अनुदान कार्यक्रम

हेटौंडा, असोज ६ : मकवानपुरगढी गाउँपालिकाले कृषि विकास कार्यक्रमअन्तर्गत तरकारी तथा फलफूल बजारीकरण गर्न ‘ कृषक प्रोत्साहन अनुदान कार्यक्रम’ सुरुआत गरेको छ।गाउँपालिकाले गाँफपालिकास्थित सहकारीमार्फत...
मकवानपुरगढी कृषक प्रोत्साहन अनुदान कार्यक्रम
Hardik ivfHardik ivf

हेटौंडा, असोज ६ : मकवानपुरगढी गाउँपालिकाले कृषि विकास कार्यक्रमअन्तर्गत तरकारी तथा फलफूल बजारीकरण गर्न ‘ कृषक प्रोत्साहन अनुदान कार्यक्रम’ सुरुआत गरेको छ।

गाउँपालिकाले गाँफपालिकास्थित सहकारीमार्फत बजारीकरणको सुरु गरेको हो। गाउँपालिका अध्यक्ष विदुर हुँमागाईंले किसानबाट सङ्कलित गोलभेँडा खरिद गरी सो कार्यको शुभारम्भ गरे।

अनुदानले स्थानीय किसानको कुषि उपज बजारिकरणमा सहजता हुने उनको भनाइ छ। 

मकवानपुरगढी कृषि विकास शाखा प्रमुख चन्द्रकान्त चौधरीले सहकारीमार्फत खाद्यन्न खरिद बिक्री गत आवबाट सुरुआत गरिएकामा चालू आवमा तरकारी तथा फलफूलमासमेत बजारीकरणमा प्रोत्साहन अनुदानको कार्यक्रम सुरु गरिएकोे जानकारी दिए।

यस कार्यक्रमले स्थानीय किसानलाई खेती गर्न हौसला मिलेको उनको भनाइ छ । 

गाउँपालिकामा यस वर्ष अनाज, तरकारी तथा फलफूल बजारीकरणका लागि सात सहकारी संस्था सूचीकृत भएकोमा कुर्ले कृषि सहकारी संस्थाले आजबाट नै सङ्कलन र बजारीकरणको काम थालिसकेका छन्।

धमिले सहकारी संस्था लिमिटेकका अध्यक्ष नवराज सञ्जेलले गाउँपालिकाको यस कार्यक्रमले विपन्न किसानले जीवनस्तर माथि उठेको बताए। 

यस कार्यक्रममले सहकारी र किसान दुवैतर्फ कार्य प्रोत्साहन गरेको अध्यक्ष सञ्जेलको भनाइ छ। गाउँपालिकाले किसान क्रेडिटकार्ड लगायतका विभिन्न नमुना काम ल्याएको छ।  
 
कृषक कृष्णप्रसाद तिमल्सिनाले गाउँपालिकाले दिएको सहुलिएत ऋणबाट भैँसी खरिद गरेको जानकारी दिए। अर्का कृषक राजु ढकालले पनि उन्नत जातका गाईपालनका साथै तरकारी खेती गरिरहेका छन्।

दूध र तरकारी बेचेर उनको परिवारको गुजारा मात्र चल्दैन केही बचत पनि हुने गरेको उनको भनाइ छ। यसैगरी किसान सूर्यमाया रुम्बाले पनि गाउँपालिकाको कार्यक्रमबाट किसान क्रेडिटकार्ड पाएर पशुपालनलाई मुख्य पेसा बनाउँदै आएकी छन्। 

प्रकाशित मिति: १५:४४ बजे, बुधबार, असोज ६, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्