Kathmandu Press

पैसाभन्दा शारीरिक व्यायामले दिन्छ धेरै खुशी

कसरतले शारीरिक र मानसिक स्वास्थ्यलाई फाइदा पुर्‍याउँछ भन्ने प्रष्ट छ।

तर तपाईँको आर्थिक हैसियतभन्दा मानसिक स्वास्थ्यका लागि व्यायाम महत्वपूर्ण छ भन्....

पैसाभन्दा शारीरिक व्यायामले दिन्छ धेरै खुशी
Hardik ivfHardik ivf

कसरतले शारीरिक र मानसिक स्वास्थ्यलाई फाइदा पुर्‍याउँछ भन्ने प्रष्ट छ।

तर तपाईँको आर्थिक हैसियतभन्दा मानसिक स्वास्थ्यका लागि व्यायाम महत्वपूर्ण छ भन्ने थाहा थियो?

यल र अक्सफोर्ड विश्वविद्यालयका अनुसन्धाताले गरेको अध्ययनबाट यस्तै देखिएको छ। द लान्सेटमा प्रकाशित अध्ययन प्रतिवेदन अनुसार वैज्ञानिकहरूले १२ लाखभन्दा धेरै अमेरिकीको शारीरिक व्यवहार र मानसिक “मूड”बारे डाटा संकलन गरे।

अध्ययनका सहभागीलाई सोधिएको थियो-तनाव, उदासिनता वा भावनात्मक समस्याका कारण गएको ३० दिनमा कति पटक मानसिक रूपमा बिरामी भएको अनुभव गर्नुभएको छ?

सहभागीलाई उनीहरूको आम्दानी र शारीरिक गतिविधिबारे पनि प्रश्न गरिएको थियो। बगैंचामा झार काट्ने, छोराछोरी स्याहार्न वा घरायसी कामदेखि “वेटलिफ्टिङ”, साइकल चलाउने र दौडसम्म, विभिन्न ७५ प्रकारका शारीरिक गतिविधिको विकल्प दिइएको थियो।

सक्रिय व्यक्ति बढी खुशी हुन्छन्

नियमित व्यायाम गर्नेहरू वर्षमा औसत ३५ दिन नरमाइलो मान्ने भए पनि निष्क्रिय व्यक्तिलाई थप १८ दिन नराम्रो वा अस्वस्थ अनुभव हुने वैज्ञानिकहरूले पत्ता लगाए।

यसबाहेक, शारीरिक रूपमा सक्रिय व्यक्तिहरू खेलकुद नगर्ने तर वर्षमा २५ हजार अमेरकी डलरजति कमाउनेहरू जत्तिकै रमाइलो अनुभव गर्ने वैज्ञानिकहरूले पत्ता लगाएका छन्।

खासमा खेलकुदले जति खुशी दिन्छ, त्यसका लागि धेरै नै पैसा कमाउनुपर्छ। तर यसको अर्थ जति धेरै खेलकुद गर्योत त्यति नै बढी खुशी हुने भन्ने पनि होइन।

अत्यधिक कसरत मानसिक स्वास्थ्यका लागि हानिकारक हुनसक्छ

कसरत तपाईँका लागि स्वस्थर भएको प्रष्ट छ। तर कति? 

“खेलको अवधि र मानसिक भारको सम्बन्ध यु आकारको छ,” येल युनिभर्सिटीका एडम चेक्रुडले एउटा अन्तर्वार्तामा भनेका छन्। निश्चित समयसीमाभित्र परेका शारीरिक गतिविधिले मात्रै मानसिक स्वास्थ्यलाई फाइदा पुर्‍याउने अध्ययनले देखाएको छ।

अध्ययन अनुसार सातामा तीनदेखि पाँचपटक ३० देखि ६० मिनेट व्यायाम गर्नु उत्तम हुन्छ। एक दिनमा तीन घण्टाभन्दा धेरै व्यायाम गर्नेहरू शारीरिक रूपले निष्क्रियभन्दा बढी पीडामा रहेको देखिएको छ। “सोसलाइजिङ” गर्नुपर्ने “टिम स्पोर्ट्स” जस्ता केही खेलले तपाईँको मानसिक स्वास्थ्यमा अन्यभन्दा बढी सकारात्मक प्रभाव पार्ने देखिएको छ।

साइक्लिकङ वा एरोबिक्स र फिटनेस प्राविधिक रूपले “टिम स्पोर्ट्स” होइन तर यसले पनि तपाईँको मानसिक स्वास्थ्यमा उल्लेखनीय सकारात्मक प्रभाव पार्नसक्छ।
 

प्रकाशित मिति: ०६:२४ बजे, मंगलबार, साउन १४, २०७६
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्