Kathmandu Press

विभिन्न स्थानमा गरी ७ जना मृत अवस्थामा फेला

काठमाडौं, असोज ५ : देशका विभिन्न स्थानमा आज एकै दिन ७ जना मृत अवस्थामा फेला परेका छन् ।काठमाडौं महानगरपालिका ३१ भिमसेनगोला सुकुमबासीस्थित बागमती...
विभिन्न स्थानमा गरी ७ जना मृत अवस्थामा फेला

काठमाडौं, असोज ५ : देशका विभिन्न स्थानमा आज एकै दिन ७ जना मृत अवस्थामा फेला परेका छन् ।

काठमाडौं महानगरपालिका ३१ भिमसेनगोला सुकुमबासीस्थित बागमती खोला किनारमा नाम, ठेगाना नखुलेकी करिब ३० वर्षीया महिला मंगलबार मृत अवस्थामा फेला परेकी छन् । तनहुँको शुक्लागण्डकी नगरपालिका ८ लालिम बस्ने १९ वर्षीया पवित्रा लम्साल भिमाद नगरपालिका ७ सेती नदी किनार सिस्नेरी घाटमा मंगलबार मृत अवस्थामा फेला परेकी छन् ।

भदौ २९ गते दिउँसो टिकटक बनाउने क्रममा खुट्टा चिप्ली सेती नदीमा खसेर वेपत्ता भएकी उनको शव उक्त घाटमा फेला परेको हो । तनहुँकै म्याग्दे गाउँपालिका ६ तिलारस्थित एनसेल टावरको कम्पाउण्डभित्र सोही टावरमा गार्डको रुपमा कार्यरत ६५ वर्षीय कृष्ण उचाई ठकुरी मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

यता, चितवनको भरतपुर महानगरपालिका १ देवघाट स्थित सतन्चुली सामुदायिक वनको लेखनाथ पार्कमा माडि नगरपालिका ७ देबेन्द्रपुर बस्ने ३५ वर्षीय ज्योती प्रसाद खनाल मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस्तै, नवलपरासी (पूर्व), गैंडाकोट नगरपालिका १४ अमरापूरी बस्ने भिम प्रसाद सापकोटाकी छोरी ७ वर्षीया सृष्टी सापकोटा सुतेकै ठाउँमा मंगलबार मृत अवस्थामा फेला परेकी छन् ।

पर्वतको कुश्मा नगरपालिका १० पिपलटारी बाँझाखेतस्थित खेतमा कुस्मा नगरपालिका १० सिमखेतमा ज्याल मजदुरी गरी बस्ने चितवन भरतपुर महानगरपालिका १६ आहाले घर भएका २१ वर्षीय सन्तोष मगर मंगलबार मृत अवस्थामा फेला परेका छन् । कपिलवस्तुको कृष्ननगर नगरपालिका १२ हरीगवा बस्ने ५८ वर्षीय श्याम यादव आफ्नै घरबाट करिब ५ सय मिटर टाढा माछा पोखरीमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

यस्तै, रुकुम (पश्चिम), सानीभेरी गाउँपालिका ३ ज्यामिरेस्थित सानीभेरी नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

प्रकाशित मिति: १८:४३ बजे, मंगलबार, असोज ५, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्