Kathmandu Press

तीन महिनाभित्र सबै तह र जनसंगठन कमिटी विस्तारः एकीकृत समाजवादी

नवगठित नेकपा (एकीकृत समाजवादी)ले तीन महिनाभित्र सबै तह र जनसंगठन कमिटी गठन गरिसक्ने निर्णय गरेको छ ।
तीन महिनाभित्र सबै तह र जनसंगठन कमिटी विस्तारः एकीकृत समाजवादी
Hardik ivfHardik ivf

काठमाडौं, असोज ५ : नवगठित नेकपा (एकीकृत समाजवादी)ले तीन महिनाभित्र सबै तह र जनसंगठन कमिटी गठन गरिसक्ने निर्णय गरेको छ ।

पार्टीको मंगलबार बसेको पहिलो केन्द्रीय कमिटी बैठकले उक्त निर्णय गरेको हो । प्रदेश, जिल्ला, स्थानीय तह र जनसंगठनका सबै कमिटी गठनलाई तीव्रता दिने र तीन महिनाभित्र त्यसको काम सम्पन्न गर्ने उक्त पार्टीको योजना छ ।

पहिलो केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । त्यसमाथि पाँचवटा समूह बनाएर छलफल अगाडि बढाइएको छ । उक्त पार्टीको केन्द्रीय कमिटी बैठक बुधबार पनि हुनेछ ।

प्रकाशित मिति: १७:०४ बजे, मंगलबार, असोज ५, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्