Kathmandu Press

खुल्न थाले स्याङ्जाका शक्तिपीठ

स्याङ्जा, असोज ४ : कोभिड–१९ को सङ्क्रमणका कारण बन्द भएका यहाँका शक्तिपीठ क्रमशः खुल्न थालेका छन्। जिल्ला सुरक्षा समितिको बैठकले सङ्क्रमणको दर घट्दै गएकाले...
खुल्न थाले स्याङ्जाका शक्तिपीठ

स्याङ्जा, असोज ४ : कोभिड–१९ को सङ्क्रमणका कारण बन्द भएका यहाँका शक्तिपीठ क्रमशः खुल्न थालेका छन्। जिल्ला सुरक्षा समितिको बैठकले सङ्क्रमणको दर घट्दै गएकाले स्मार्ट लकडाउन गर्ने निर्णयसँगै यहाँका मुख्य शक्तिपीठ खुल्न थालेका हुन्।

कोरोनाका कारण गत वैशाखदेखि बन्द भएका शक्तिपीठ असोज लागेसँगै खुलेपछि क्रमशः भक्तजन पूजाआजाका लागि पुग्न थालेका छन्। स्याङ्जाको वालिङ आठ गह्रौँसुरमा अवस्थित प्रसिद्ध गह्रौँसुर मन्दिरमा पाँच महिनाअघिदेखि नृत्य पूजामात्रै हुँदै आएकामा शुक्रबारदेखि भक्तजनका लागि खुला गरिएको गह्रौँसुर धार्मिक एवं पर्यटकीय केन्द्रका अध्यक्ष सुरजप्रताप खाँणले जानकारी दिए।

Hardik ivf

‘पाँच महिनासम्म नित्य पूजामात्रै हुँदै आएको मन्दिर यही असोज १ गतेदेखि सर्वसाधारणलाई पूजाआजा गर्न खुला गरेका छौँ,’ अध्यक्ष खाँणले भने, ‘पूजाआजाका लागि आउने दर्शनार्थीले  सामाजिक दूरी कायम गर्नुपर्ने, मास्क तथा सेनिटाइजर अनिवार्य प्रयोग गर्नुपर्ने र  स्वास्थ्यसम्बन्धी अन्य मापदण्ड अपनाउनु पर्नेगरी खुला गरेका हौँ ।’

यसैगरी भिरकोट नगरपालिका–४ छाङ्छाङदीस्थित छायाँक्षेत्र मन्दिर पनि दर्शनार्थीका लागि खुला गरिएको छ। यसअघि त्यहाँ नित्य पूजामात्रै हुँदै आएको थियो।

स्वस्थानी व्रतकथामा उल्लेख गरिएनुसार पार्वतीको अन्तिम अङ्ग यस ठाउँमा पतन भएको हो भन्ने धार्मिक विश्वास छ। स्वास्थ्यसम्बन्धी सम्पूर्ण मापदण्ड लागू गर्नेगरी दर्शनार्थीका लागि मन्दिर खुला गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पीताम्बर श्रेष्ठले जानकारी दिए।

वालिङ–१२ घुरुङ्खास्थित तीनकन्या अकलादेवी मन्दिर पनि लागि खुला गरिएको छ। कोभिडको सङ्क्रमण दर कम हुँदै गएकाले सर्वसाधारणका लागि खुला गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भविराज गुरुङले बताए।

कालीगण्डकी गाउँपालिका–३ स्थित शाह वंशको कूल देवीकारुपमा परिचित छ आलमदेवी मन्दिर। जिल्लामा मात्रै नभएर देश तथा विदेशका विभिन्न स्थानबाट दर्शनार्थी यहाँ पूजाआजा गर्न आउने गरेका थिए। कोरोनाका कारण बन्द भएको मन्दिर अहिले खुला गरिएको मन्दिरका पूजा व्यवस्थापन समितिका अध्यक्ष प्रेमसिंह रानाले बताए।

पुतलीबजार–१४ सतौँकोटस्थित चण्डी र कालिका मन्दिर पनि खुला गरिएको छ। दुबै मन्दिरका देवीलाई सतौँकोटे राजाको इष्टदेवीकारुपमा पुजिदै आएको छ । यहाँ देशका विभिन्न भाग तथा छिमेकी देश भारतबाट पनि वर्षेनी श्रद्धालु भक्तजन आउने गर्छन्।
 

प्रकाशित मिति: १४:५८ बजे, सोमबार, असोज ४, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्