Kathmandu Press

नेपालमा ‘सारेगमप लिटिल च्याम्प्स’ हुँदै, ग्यालेक्सी फोर–के र प्रायोेजकबीच भयाे सम्झौता

काठमाडौं, असोज ४ : पछिल्लो समय नेपालमा एकपछि अर्को रियालिटी सोले सफलता पाइरहेका छन्। यसैबीच सिंगिङ रियालिटी सो ‘सारेगमप लिटिल च्याम्प्स नेपाल’ पनि...
नेपालमा ‘सारेगमप लिटिल च्याम्प्स’ हुँदै, ग्यालेक्सी फोर–के र प्रायोेजकबीच भयाे सम्झौता

काठमाडौं, असोज ४ : पछिल्लो समय नेपालमा एकपछि अर्को रियालिटी सोले सफलता पाइरहेका छन्। यसैबीच सिंगिङ रियालिटी सो ‘सारेगमप लिटिल च्याम्प्स नेपाल’ पनि चाँडै आउँदैछ।

आइतबार ‘सारेगमप लिटिल च्याम्प्स नेपाल’ को पहिलो संस्करणका लागि गोर्खा मिडिया नेटवर्क प्रालि (ग्यालेक्सी फोर के) र विभिन्न प्रायोेजकहरूबीचको सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

नोबडी प्रोडक्सनले उत्पादन गर्ने सो कार्यक्रमको निर्देशन एलिन श्रेष्ठले गर्नेछन्। न्हु बज्राचार्य, इन्दिरा जोशी तथा कालीप्रसाद बाँस्कोटा जज रहेको यस कार्यक्रमको सञ्चालन रिमा विश्वकर्मा र यमन श्रेष्ठले गर्नेछन्।

Hardik ivf

यस्तै सारेगमप लिटिल च्याम्प्स इन्डियाका पूर्वउपविजेता प्रितम आचार्य र चौथो रनर अप आयुष केसी पनि कार्यक्रम अवधिभर रोलमोडलको भूमिकामा दर्शकलाई मनोरञ्जन दिनेछन्।

यस अन्तर्राष्ट्रिय सांगीतिक रियालिटी सोको अर्को मुख्य आकर्षण निम्न १५ जना ग्रान्ड जुरी रहनेछन्। उनीहरू विक्रम बराल, निशान भट्टराई, रवि ओड, सिडी विजय अधिकारी, निशा देशार, धर्मेन्द्र शेवान, टीका प्रसाई, किश्वर थापा, उदेश श्रेष्ठ, विषण योञ्जन, सरिता मिश्रा, मेनुका पौडेल, विश्व नेपाली, हर्क साउद  र प्राश्ना शाक्य हुन्।

कार्यक्रममा देश तथा विदेशबाट विभिन्न बाल प्रतियोगीले आफ्नो गायन प्रतिभा प्रस्तुत गर्नेछन्। विभिन्न चरण पार गरेपछि अन्त्यमा सम्पूर्ण प्रतिस्पर्धीमध्येबाट एकजना उपाधि विजेता घोषणा गरिनेछ।

यो सिङगिङ रियालिटी सो साताको दुई दिन हरेक शुक्रबार र शनिबार बेलुका ९ बजे ग्यालेक्सी फोर के र डोको युट्युब च्यानलबाट प्रसारण हुनेछ।

देशविदेशमा रहेका प्रतिभाहरूलाई मुखरित गर्ने उद्देश्यका साथ हुन लागेको कार्यक्रमको मुख्य प्रायोजकका रुपमा रियल जुस रहेको छ।

कार्यक्रमको सहप्रायोजक सिद्धार्थ बैंक रहेको छ। यस्तै एसोसियट स्पोन्सरका रूपमा इको प्यानल नेपाल, एलआईसी नेपाल, जोय ब्युटिफुल बाइ नेचर, यती कार्पेट, महालक्ष्मी पेन्ट्स र पर्ल राइस छन्। साथै भोटिङ पार्टनरका रुपमा म्युजिक नेपालको मःमः एप आबद्ध रहेको छ।

बजार प्रवद्र्धनको जिम्मेवारी टेलिजेन्ज प्रालिले लिएको छ। साथै यस सारेगमप लिटिल च्याम्प्स नेपालको बजार प्रबन्धनको सम्पुर्ण जिम्मा टेलिजेन्ज प्रालिलाई दिइएको छ।

प्रकाशित मिति: १४:४५ बजे, सोमबार, असोज ४, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्