Kathmandu Press

संविधान दिवस नमनाउने जसपाको घोषणा, संविधान संशोधनका लागि दबाब दिन आह्वान

काठमाडौं, असोज २ : सत्ता गठबन्धनमा आबद्ध जनता समाजवादी पार्टी (जसपा) ले सरकारद्वारा घोषित संविधान दिवस–२०७८ मा सहभागी नहुने बताएको छ।जसपाले संविधान जारी भएको...
संविधान दिवस नमनाउने जसपाको घोषणा, संविधान संशोधनका लागि दबाब दिन आह्वान
Hardik ivfHardik ivf

काठमाडौं, असोज २ : सत्ता गठबन्धनमा आबद्ध जनता समाजवादी पार्टी (जसपा) ले सरकारद्वारा घोषित संविधान दिवस–२०७८ मा सहभागी नहुने बताएको छ।

जसपाले संविधान जारी भएको दिन असोज ३  मा संविधानमा रहेका विभेदकारी प्रावधानको विरोधमा विभिन्न कार्यक्रम गर्ने जनाएको छ। सो पार्टीले संविधान संशोधनका लागि दबाब सिर्जना गर्न पनि कार्यकर्तासहित सबैलाई आह्वान गरेको छ।

जसपाले संविधान दिवसको अघिल्लो दिन आज (शनिबार) एक विज्ञप्ति जारी गरेर संविधानमा रहेका विभेदकारी प्रवधानलाई सच्याउन देशका प्रमुख स्थानहरुमा ‘संविधान संशोधनको आवश्यकता’ विषयक अन्तक्र्रिया आयोजना ग गर्न पनि आम जनसमुदाय एवम् सम्पूर्ण पार्टी संगठनहरुलाई अपिल गरेको छ।

जसपाले वर्तमान संविधानले उत्पीडत समुदायले उठाउँदै आएका राष्ट्रिय मुद्दालाई सम्बोधन गर्न नसकेको उल्लेख गरेको छ।

‘जनआन्दोलन, जनयुद्ध, ऐतिहासिक मधेस जनविद्रोहलगायतका आन्दोलनहरुको बेलामा सरकारसँग भएका सम्झौताहरु, अन्तरिम संविधानमा भएका प्रावधानहरु, पहिलो संविधान सभामा सर्वसम्मत भइसकेका विषयहरु तथा जनताको अभिमतलाई समेत अनादर र उपेक्षा गर्दै सरकारले जनतामाथि दमन र हत्या गरी जारी गरिएको विभेदकारी, अधुरो, अपुरो एवम् त्रुटीपूर्ण नेपालको संविधान २०७२ ले मधेसी, आदिवासी जनजाति, दलित÷शिल्पी, महिला, खस, मुस्लिम, थारु, अल्पसंख्यक समुदायहरुका साथै उत्पीडित जात÷जाति एवम् समुदायहरुले उठाउँदै आएका राष्ट्रिय मुद्दाहरुलाई सम्वोधन गर्न सकेको छैन,’ जसपन अध्यक्ष उपेन्द्र यादवद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

संविधानमा संघीयता, समावेशी लोकतन्त्र, राष्ट्रिय पहिचानको मान्यता, स्वशासन र स्वायतत्ता, समानुपातिक समावेशिकरण लगायतका प्रावधानहरु पनि अधुरो र अपूर्ण हुनुका साथै संविधानमा धेरै धाराहरुमा विभेदकारी प्रावधानहरु राखिएको हुँदा सरकारले घोषणा गरेको संविधान दिवस २०७८ मा पनि भाग नलिने बताएको हो।

प्रकाशित मिति: १६:२२ बजे, शनिबार, असोज २, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्