Kathmandu Press

आगामी निर्वाचनमा ओलीविरुद्ध राष्ट्रिय ध्रुवीकरण हुन्छ : झाँक्री

सिन्धुली, असोज २ : नेकपा (एकीकृत समाजवादी) की नेत्री रामकुमारी झाँक्रीले लामो समय माधवकुमार नेपाल समूहमा आबद्ध भएर पनि पछि एमालेमै रहेका नेताहरूले...
आगामी निर्वाचनमा ओलीविरुद्ध राष्ट्रिय ध्रुवीकरण हुन्छ : झाँक्री

सिन्धुली, असोज २ : नेकपा (एकीकृत समाजवादी) की नेत्री रामकुमारी झाँक्रीले लामो समय माधवकुमार नेपाल समूहमा आबद्ध भएर पनि पछि एमालेमै रहेका नेताहरूले सुरुमा सबैलाई भ्रममा पारेर पछि हरियो सापले झैं डसेको बताएकी छन्।

आज (शनिबार) सिन्धुलीमा आयोजित एकीकृत समाजवादी जिल्ला कमिटीको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल समूहबाट छुट्टिएर एमालेमै रहेका नेताहरूलाई इंगित गर्दै भनिन्, ‘विचार समूहका हिसाबले धेरै समय कन्फ्युजनमा राखेर उहाँहरूले पछि हरियो सापलेझैं डस्नुभयो।’

Hardik ivf

उनले ती नेताहरूलाई युद्धबाट भागेका जर्नेलको संज्ञा दिँदै फेरि एकीकृत समाजवादीमा ल्याएर कमान्डर बनाउन नसकिने पनि स्पष्ट पारिन्। युद्धबाट भाग्ने जर्नेलभन्दा अन्तिमसम्म लडिरहने सिपाहीहरूको धेरै महत्व हुने उनले बताइन्।

युद्ध अपराधीजस्तालाई किमार्थ माफी गर्न नहुने भनिए पनि आत्मसपर्मण गरेर आउनेका लागि पार्टीको ढोका बन्द गर्न नहुने पक्षमा आफूहरू रहेको उनले स्पष्ट पारिन्।

पहिले नेपाल समूहमा रहेका भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त, अमृतकुमार बोहरालगायत नेता अहिले एमालेमै छन्। नेता झाँक्रीले उनीहरूप्रति नै आक्रोश व्यक्त गरेकी थिइन्।

उनले एमाले अब कम्युनिस्ट नरहेको र एमाले अध्यक्ष केपी ओलीले एमालेलाई विचारविहीन बनाएको आरोप उनले लगाइन्। एमाले एजेन्डाविहीन भइसकेपछि आफूहरूले विद्रोह गरेर कम्युनिस्ट आन्दोलनलाई अघि बढाउन नयाँ कम्युनिस्ट पाटीृ स्थापना गरेको उल्लेख गरिन्।

उनले एमाले अध्यक्ष ओलीविरुद्ध आगामी निर्वाचनमा राष्ट्रिय ध्रुवीकरण हुने पनि बताइन्। एमालेबाहेकका कम्युनिस्टहरूबीच लोकतान्त्रिक वामगठबन्धन बन्ने भएकाले ओली संकटमा पर्ने उनको भनाइ थियो। उनले भनिन्, ‘त्यस्तो अवस्थामा सायद ओली कमल थापाहरूसँग मिल्लान्!’

प्रकाशित मिति: १५:०९ बजे, शनिबार, असोज २, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्