Kathmandu Press

पूर्वयुवराज पारसले गरे कुमारी पूजा (फोटो फिचर)

पूर्वयुवराज पारसले गरे कुमारी पूजा (फोटो फिचर)
Hardik ivfHardik ivf

काठमाडौं, असोज २ : पूर्वयुवराज पारस शाहले शनिबार काठमाडौं हनुमानढोका पुगेर जीवित देवी कुमारीको पूजा गरेका छन् ।

वसन्तपुर दरबार क्षेत्रमा अहिले इन्द्रजात्राको रौनक छ । हरेक भाद्र शुक्ल द्वादशीमा इन्द्र ध्वजोत्थानबाट सुरु भई इन्द्रध्वज पतनसम्म आठ दिनसम्म चल्ने यो पर्वमा कुमारी, गणेश र भैरवको रथयात्रा गर्ने परम्परा छ ।

सोही क्रममा पूर्वयुवराज पारसले शनिबार कुमारीको पूजा अर्चना गरेका हुन् । त्यसक्रममा उनले तलेजु भवानीको पनि दर्शन र परिक्रमा गरेका थिए ।

प्रकाशित मिति: ११:५१ बजे, शनिबार, असोज २, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्