Kathmandu Press

उपरथी थापालाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान

बुधबार प्रधान सेनापति सिग्देलले जंगी अड्डामा आयोजित एक समारोहकाबीच थापालाइ दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्। पदोन्नतिसँगै उपरथी थापा निरीक्षणाधिकृतमा नियुक्त भएका छन्। 
उपरथी थापालाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं, भदौ १८ : नेपाली सेनाको उपरथी बढुवा भएका सहायक रथी भोला नाथ थापालाई प्रधान सेनापति अशोक राज सिग्देलले दर्ज्यानी चिन्ह प्रदान गरेका छन्। 

बुधबार प्रधान सेनापति सिग्देलले जंगी अड्डामा आयोजित एक समारोहकाबीच थापालाइ दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्। पदोन्नतिसँगै उपरथी थापा निरीक्षणाधिकृतमा नियुक्त भएका छन्। 

प्रधान सेनापतिले सोही अवसरमा सहायक रथी दर्जामा पदोन्नति भएका प्राविधिक महासेनानी विश्व बन्धु पहाडीलाई सहायक रथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गरे। 

गत भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले थापालाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो।

कार्यक्रममा बलाधिकृत, बलाध्यक्ष, रथीवृन्द, अधिकृतहरुका साथै पदोन्नति भएका रथीवृन्दका परिवारजनको उपस्थिति थियो।

प्रकाशित मिति: २०:१३ बजे, बुधबार, भदौ १८, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्