Kathmandu Press

अमेरिकासँग भिड्दै नेपाल

काठमाडाैं, असाेज १ : एकदिवसीय विश्वकप छनोटका रुपमा रहेको आइसिसी विश्वकप लिग–२ अन्तर्गत दोस्रो त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नेपालले आज अमेरिकाको सामाना गर्दै...
अमेरिकासँग भिड्दै नेपाल
Hardik ivfHardik ivf

काठमाडाैं, असाेज १ : एकदिवसीय विश्वकप छनोटका रुपमा रहेको आइसिसी विश्वकप लिग–२ अन्तर्गत दोस्रो त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नेपालले आज अमेरिकाको सामाना गर्दै छ । नेपाल, ओमान र अमेरिकाविरुद्धको त्रिकोणात्मक सिरिज अन्तर्गत नेपाल र अमेरिकाबीचको खेल ओमानस्थित अमेरात क्रिकेट मैदानमा दिउँसो ४ः१५ बजे हुनेछ।

पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेकाले आजको खेलमा पनि नेपाल सोही नतिजा दोहो¥याउन चाहन्छ। सो खेलमा नेपाका लागि कुशल भुर्तेल र रोहितकुमार पौडेलले उत्कृष्ट ब्याटिङ गरेका थिए । लिग–२ अन्तर्गत यसअघि खेलका तीनवटै खेलमा नेपालले अमेरिकालाई पराजित गरेको छ । गत वर्ष कीर्तिपुरमा भएका दुवै खेलमा नेपालले अमेरिकालाई हराएको थियो।

तर, दोस्रो खेलमा ओमानसँग कमजोर प्रदर्शन गरेकाले नेपाल केही दबाबमा भने हुनेछ । बलिङ र ब्याटिङ दुवै नचलेपछि नेपाल ओमानसँग ५ विकेटले नै पराजित भएको थियो।

यता, अमेरिका भने पहिलो जितको खोजीमा हुने छ । नेपालसँग ५ विकेटले पराजित भएको अमेरिका ओमानसँग ४ विकेटले पराजित भएको थियो।

नेपालसँग खराब प्रदर्शन गरेपछि अमेरिका लिग२मा राम्रो प्रदर्शन गरेको टिम हो । उ लिग–२मा १२ अंकसहित तालिकाको दोस्रो स्थानमा छ। नेपाल ६ अंकसहित छैठौं स्थानमा छ। ओमान २० अंकसहित शीर्ष स्थानमा छ।

प्रकाशित मिति: १०:११ बजे, शुक्रबार, असोज १, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्