Kathmandu Press

काठमाडौं महानगरमा दसैंअगाडि विद्यालय नखुल्ने

काठमाडौं, भदौ ३१ : काठमाडौं महानगरपालिकाले दसैंअगाडि विद्यालय नखोल्ने भएको छ।आज (बिहीबार) बसेको महानगरको शिक्षा समिति, अभिभावकलगायत सरोकारवालाको बैठकले दसैं अगाडि कुनै पनि निजी...
काठमाडौं महानगरमा दसैंअगाडि विद्यालय नखुल्ने

काठमाडौं, भदौ ३१ : काठमाडौं महानगरपालिकाले दसैंअगाडि विद्यालय नखोल्ने भएको छ।

आज (बिहीबार) बसेको महानगरको शिक्षा समिति, अभिभावकलगायत सरोकारवालाको बैठकले दसैं अगाडि कुनै पनि निजी तथा सामुदायिक विद्यालय नखोल्ने निर्णय गरेको हो।

Hardik ivf

नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले अहिले विद्यालय खोल्न पूर्वतयारी गर्ने र समय अनुकूल हुँदै गए दसैंपछि खोल्न सकिने निर्णय भएको बताए।

केही अघि निषेधाज्ञा हटाउँदै जिल्ला प्रशासन कार्यालय काठमाडौंले असोज १ गतेदेखि विद्यालय सञ्चालन गर्न स्थानीय तहलाई अधिकार दिएको थियो। त्यसका लागि काठमाडौं महानगरले आज आवश्यक छलफल गरेको बताइएको छ। 

विद्यालयहरूको पूर्वाधार अध्ययन गरेर दशैँपछि विद्यार्थी र शिक्षकको भौतिक उपस्थितिमा विद्यालय खोल्न अभिभावक प्रतिनिधिसमेत रहेको सात सदस्यीय कार्यदल पनि गठन गरिएको छ।

प्रकाशित मिति: १७:५९ बजे, बिहीबार, भदौ ३१, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्