एमालेको अवरोधपछि लुम्बिनी प्रदेशसभाको बैठक स्थगन

रुपन्देही, भदौ ३१ : प्रतिपक्षी दल एमालेले अवरोध गरेपछि लुम्बिनी प्रदेशसभाको बैठक स्थगित भएको छ। 

सभामुख पूर्णबहादुर घर्तीले नवौँ अधिवेशनको पाँचौँ बैठक एक घण्टाका लागि स्थगित गरिएको जानकारी दिए।

बैठक सुरु भएलगत्तै प्रतिपक्षी दलका सदस्यले नाराबाजी गरेका थिए।

उनीहरुले पार्टीले प्रदेशसभाका दुई सदस्यलाई कारवाही गरेको पत्र सभामुखले पढेर नसुनाउँदासम्म सदन चल्न नदिने भन्दै नाराबाजी गरेका थिए। 

 Published Date: Thursday, 16th September 2021 5:19:00 pm