Kathmandu Press

भौतिक उपस्थितिमा चाँडै विद्यालय खोल्ने तयारी

काठमाडौं, भदौ ३० : सरकारले चाँडै नै शिक्षक–विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ।आज (बुधबार) स्वास्थ्य मन्त्रालयमा बसेको सरोकारवालाहरुको बैठकले चाँडै...
भौतिक उपस्थितिमा चाँडै विद्यालय खोल्ने तयारी

काठमाडौं, भदौ ३० : सरकारले चाँडै नै शिक्षक–विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ।

आज (बुधबार) स्वास्थ्य मन्त्रालयमा बसेको सरोकारवालाहरुको बैठकले चाँडै नै विद्यालय सञ्चालन गर्न पहल गर्ने निर्णय गरेको हो। सो बैठकमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठको पनि उपस्थिति थियो। 

Hardik ivf

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलिया, कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का कार्यकारी प्रमुख बालानन्द शर्मा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता कृष्ण पौडेललगायतको बैठकले विद्यार्थी, अभिभावक तथा शिक्षकहरुलाई कोरोनाबारे अभिमुखीकरण गरी चाँडै नै विद्यालय सञ्चालनका लागि तयारी गर्न सम्बन्धित निकायलाई अनुरोध गर्ने निर्णय गरेको हो। 

बैठकमा नेपाल अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारी, नेसनल प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटालगायतको पनि सहभागी थियो। 

विद्यालयहरुलाई नजिकको स्वास्थ्य संस्थाहरुसँग समन्वय गरी जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को सिफारिसमा आधारमा विद्यालय सञ्चालन गर्न सकिने गरी तयारी गर्न सकिने निर्णय गरिएको छ। 

विद्यालय सञ्चालनका लागि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको कोभिड–१९ को सन्दर्भमा विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा, २०७७ को पूर्ण पालना हुने गरी तयारी गर्न अनुरोध गर्ने निर्णय पनि गरिएको छ। 

प्रकाशित मिति: १८:२९ बजे, बुधबार, भदौ ३०, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्