Kathmandu Press

प्रतिस्थापन विधेयक पारित नभए राष्ट्र बैंकले प्याकेज ल्याउनुपर्छ : नरबहादुर थापा 

काठमाडौं, भदौ ३० : नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले अहिलेको अवस्थामा राष्ट्र बैंकले निर्णायक भूमिका खेल्नुपर्नेमा जोड दिए।आज (बुधबार) रिपोर्टर्स क्लब...
प्रतिस्थापन विधेयक पारित नभए राष्ट्र बैंकले प्याकेज ल्याउनुपर्छ : नरबहादुर थापा 

काठमाडौं, भदौ ३० : नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले अहिलेको अवस्थामा राष्ट्र बैंकले निर्णायक भूमिका खेल्नुपर्नेमा जोड दिए।

आज (बुधबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले आपतकालीन स्थितिका रूपमा केन्द्रीय बैंकले नेतृत्व लिनुपर्ने पनि बताए।

Hardik ivf

‘बजेट कार्यान्वयनमा नआउँदा परेको असर परेको छ। नीति निर्माताहरुबाट बजेटको क्यालेन्डरसहित क्रान्तिकारी सुधार भएका थिए,’ उनले भने।

उनले प्रतिस्थापन विधेयक पारित नभएको अवस्थामा मुलुकको खर्च सञ्चालनमा नै समस्या भएको उल्लेख गर्दै अब नेपाल राष्ट्र बैंकले तत्काल प्याकेज ल्याउनुपर्ने बताएका हुन्।

उनले अमेरिकामा बाराक ओबामाको कार्यकालमा समस्या हुँदा त्यहाँको केन्द्रीय बैंकले अर्थतन्त्र जोगाएको स्मरण गराए। उनले राष्ट्र बैंकले सिडी रेसियो स्थगन गर्नुपर्ने र टर्म लोनको व्यवस्था गरेर जानुपर्ने सुझाव उनले दिए।

प्रकाशित मिति: १७:३३ बजे, बुधबार, भदौ ३०, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्