उपत्यकामा थपिए ४९५ कोरोना संक्रमित

काठमाडौं, भदौ ३० : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४९५ कोरोना संक्रमित थपिएका छन्। 

काठमाडौंमा ३६०, ललितपुरमा ७२ र भक्तपुरमा ६३ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

त्यस्तै पछिल्लो २४ घण्टामा देशभर थप १७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १२२० जना संक्रमणमुक्त भएका । ७ जनाको मृत्यु भएको छ।

 Published Date: Wednesday, 15th September 2021 4:52:00 pm