Kathmandu Press

चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ 

चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ 

मकवानपुर, भदौ ३० : चोरी मुद्दाका फरार प्रतिवादी हेटौंडा उपमहानगरपालिका-३ बस्ने भुपाल थिङलाई सोमबार सोही उपमहानरगपालिका-१४ बाट प्रहरीले पक्राउ गरेको छ। 

जिल्ला अदालत मकवानपुरको २०७८ पुस २४ गतेको फैसलाले चोरी मुद्दामा १ महिना १५ दिन कैद र ३ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। 

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत मकवानपुरमा उपस्थित गराइएकोमा जरिवाना तिर्न नसकी जरिवाना बापतको कैद समेत गरी जम्मा २ वर्ष १० महिना १५ दिन कैद भुक्तानको लागि कारागार कार्यालय भिमफेदी मकवानपुरमा पठाइएको छ।

प्रकाशित मिति: १४:२३ बजे, बुधबार, भदौ ३०, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्