Kathmandu Press

सभामुखले बोलाएको सर्वदलीय बैठक निष्कर्षविहीन

संघीय संसदको नवौँ अधिवेशन सुरुदेखि नै प्रमुख प्रतिपक्षी दल एमालेले अवरुद्ध गर्दै आएको छ। सोही अवरोध खुलाउने उद्देश्यले सोमबार सभामुख सापकोटाले संघीय संसदमा उपस्थित दलहरूको बैठक बोलाएका थिए। तर, एमालेले नै बैठक बहिष्कार गर्‍यो।
सभामुखले बोलाएको सर्वदलीय बैठक निष्कर्षविहीन

काठमाडौं, भदौ २८ : सभामुख अग्निप्रसाद सापकोटाले सोमबार बोलाएको सर्वदलीय बैठक बिनानिष्कर्ष टुंगिएको छ ।

संघीय संसदको नवौँ अधिवेशन सुरुदेखि नै प्रमुख प्रतिपक्षी दल एमालेले अवरुद्ध गर्दै आएको छ । सोही अवरोध खुलाउने उद्देश्यले सोमबार सभामुख सापकोटाले संघीय संसदमा उपस्थित दलहरूको बैठक बोलाएका थिए । तर, एमालेले नै बैठक बहिष्कार गर्‍यो ।

Hardik ivf

राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले एमालेका नेताहरू बैठकमा उपस्थित नभएका कारण कुनै निष्कर्ष निस्किन नसकेको सञ्चारकर्मीहरूलाई जानकारी दिइन् । 

‘जोसँग सम्बन्धित थियो, उही नआइदिएकाले कुनै निष्कर्षमा पुग्न सकिँदैन भन्ने कुरा भयो,’ पौडेलले भनिन्, ‘एमालेलाई संवादमा ल्याएर सर्वदलीय बैठक बोलाउन हामीले सभामुखलाई आग्रह गरेका छौँ ।’

बैठकमा सहभागी नेताहरूले एमालेलाई संवादमा ल्याउने प्रयास गर्न सभामुख सापकोटालाई सल्लाह दिएका थिए । सभामुखले सोमबार बिहानसम्म आफूले प्रयास गरे पनि एमालेका नेताहरूलाई संवादमा ल्याउन सफलता नमिलेको जानकारी दिएका थिए ।

जनमोर्चा उपाध्यक्ष पौडेलका अनुसार न्याय, कानून तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङसँग सोमबार बिहान कुरा गर्दा एमाले अध्यक्ष केपी ओलीले आजको बैठकमा सहभागी नहुने निर्देशन दिएको बताएको बैठकमा जानकारी दिएका थिए ।

प्रकाशित मिति: १७:१० बजे, सोमबार, भदौ २८, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्