इन्द्रजात्राका लागि धमाधम सिँगारिँदै वसन्तपुर गद्दी बैठक (फोटो फिचर)
यतिखेर काठमाडौं वसन्तपुरस्थित दरबार धमाधम सिँगारिँदै छ। इन्द्रजात्रालगायत चाडपर्व नजिकिएकाले दरबार हेरचाह अड्डाले गद्दी बैठकलगायत वसन्तपुरका महत्त्वपूर्ण सम्पदामा रंगरोगन अगाडि बढाएको हो।
काठमाडौं, भदौ २८ : यतिखेर काठमाडौं वसन्तपुरस्थित दरबार धमाधम सिँगारिँदै छ । इन्द्रजात्रालगायत चाडपर्व नजिकिएकाले दरबार हेरचाह अड्डाले गद्दी बैठकलगायत वसन्तपुरका महत्त्वपूर्ण सम्पदामा रंगरोगन अगाडि बढाएको हो ।
यो मल्लकालीन दरबार पृथ्वीनारायण शाहले काठमाडौं उपत्यकामा विजय हासिल गरेपछि शाहवंशीय राजाहरूले लामो समय प्रयोग गरेका थिए ।
इन्द्रजात्राका क्रममा यहाँ राष्ट्रपति, प्रधानमन्त्री तथा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू उपस्थित हुने भएकाले त्यसअघि बर्सेनि सिँगार्ने गरिएको छ ।
वसन्तपुर दरबार क्षेत्रमै अवस्थित छ, गद्दी बैठक । हनुमानढोका नामले पनि प्रसिद्ध यो दरबार क्षेत्रमा रहेका अन्य ऐतिहासिक भवन र मन्दिरहरू राजा रत्न मल्लदेखि पृथ्वी वीरविक्रम शाहका पालासम्म निर्माण गरिएका हुन् ।
यस क्षेत्रका अन्य महत्त्वपूर्ण स्मारक हुन्– तलेजु मन्दिर, काष्ठमण्डप, जगन्नाथ मन्दिर, शिवपार्वती मन्दिर, ठूलो घण्टा, कालभैरव, मैजुदेवल, कुमारीघर, वसन्तपुर दरबार, गद्दी बैठक र श्वेतभैरव मन्दिर ।