Kathmandu Press

जनकपुरधाममा पानी माग्दै प्रदर्शन, मुख्यमन्त्री विरुद्ध पनि नाराबाजी

आइतबार घैला, बाल्टिन, जग बोकेर सरकारसँग पानी माग्दै मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहविरुद्ध नाराबाजी गर्दै युवाहरुले जुलुस निकालेका हुन्। 
जनकपुरधाममा पानी माग्दै प्रदर्शन, मुख्यमन्त्री विरुद्ध पनि नाराबाजी

जनकपुर, साउन ११ : जनकपुरधाममा जनता समाजवादी पार्टी नेपाल निकट समाजवादी युवा संघका युवाहरुले पानी माग्दै सरकारविरुद्ध प्रदर्शन गरेका छन्।

आइतबार घैला, बाल्टिन, जग बोकेर सरकारसँग पानी माग्दै मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहविरुद्ध नाराबाजी गर्दै युवाहरुले जुलुस निकालेका हुन्। 

Hardik ivf

उनीहरुले भ्रष्ट सरकार पानी दे, चुरे दोहन बन्द गर, राहत प्याकेज घोषणा गर, किसान विरोधी सरकार होसियार, किसान मार्न पाइँदैन जस्ता नारा लगाउँदै जनकपुरधामको जनकचोकबाट जुलुस निकालेर मुख्यमन्त्री कार्यालय पुगेका थिए। 

उनीहरुले मुख्यमन्त्री सिंहलाई चार बुंदे मागसहितको ज्ञापन पत्र पनि बुझाउन पुगेकोमा, मुख्यमन्त्री सिंह काम विशेषले काठमाडौ गएका कारण मधेश प्रदेशका प्रमुख सचिव मदन भुजेललाई ज्ञापन पत्र बुझाएर ध्यानाकर्षण गराएका थिए।

Photo-(10)-(23)-1753622826.jpg

Photo-(16)-(10)-1753622805.jpg

प्रकाशित मिति: १९:१३ बजे, आइतबार, साउन ११, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्