Kathmandu Press

प्रतिनिधिसभाको दोस्रो बैठक पनि एमाले सांसदहरूले पारे अवरुद्ध

सभामुख अग्निप्रसाद सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरेर एमाले संसदीय दलसँग संवाद गरेका थिए।
प्रतिनिधिसभाको दोस्रो बैठक पनि एमाले सांसदहरूले पारे अवरुद्ध

काठमाडौं, भदौ २७ : एमालेको अवरोधपछि १५ मिनेटका लागि प्रतिनिधिसभा बैठक फेरि सुरु भएको छ।

दोस्रोपटक सुरु भएको बैठक पनि एमाले सांसदहरूले अवरुद्ध पारेका छन्। सभामुख अग्निप्रसाद सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरेर एमाले संसदीय दलसँग संवाद गरेका थिए।

Hardik ivf

सभामुख सापकोटाको कार्यकक्षमा भएको बैठकले कुनै ठोस निष्कर्ष निकाल्न नसकेपछि आजको दोस्रो बैठकलाई पनि एमालेले अवरोध पुर्‍याएको हो।

सभामुख सापकोटासँग एमाले प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी, सांसद खगराज अधिकारीलगायतबीच संसद अवरोध हटाउनेबारे छलफल भएको सभामुखको सचिवालयले जनाएको छ।

सो छलफलमा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी भएका थिए।

प्रकाशित मिति: १४:५१ बजे, आइतबार, भदौ २७, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्