Kathmandu Press

ओली सरकारले अध्यादेशमार्फत ल्याएको बजेट १५ अर्ब घटाउँदै प्रतिस्थापन विधेयक प्रस्तुत (पूर्णपाठ)

प्रतिस्थापन विधेयकमा १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको अनुमानित आय-व्यय उल्लेख छ। तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले १६ खर्ब ४७ अर्बको अनुमानित आय-व्यय विवरण प्रस्तुत गरेका थिए।
ओली सरकारले अध्यादेशमार्फत ल्याएको बजेट १५ अर्ब घटाउँदै प्रतिस्थापन विधेयक प्रस्तुत (पूर्णपाठ)

काठमाडौं, भदौ २५ : एमाले अध्यक्ष केपी ओली नेतृत्वको तत्कालीन सरकारले अध्यादेशमार्फत ल्याएको बजेटको आकार घटाउँदै अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार प्रतिनिधिसभाको तेस्रो बैठकमा प्रतिस्थापन विधेयक प्रस्तुत गरेका छन् ।

मन्त्री शर्माले चालु आर्थिक वर्ष ०७८–७९ को राजस्व र आयव्ययको अनुमानित विवरण परिमार्जनका साथ प्रस्तुत गरे ।

मन्त्री शर्माले प्रस्तुत गरेको चालु आवको बजे प्रतिस्थापन विधेयकमा १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको अनुमानित आय–व्यय उल्लेख छ । तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले १६ खर्ब ४७ अर्बको अनुमानित आय–व्यय विवरण प्रस्तुत गरेका थिए । मन्त्री शर्माले त्यसमा १५ अर्ब रुपैयाँ घटाएर प्रतिस्थापन विधेयक प्रस्तुत गरेका हुन् ।

प्रतिस्थापन विधेयकमा चालुतर्फ ६ खर्ब ७७ अर्ब १९ करोड (४१.४२ प्रतिशत), पुँजीगततर्फ तीन खर्ब ७८ अर्ब १० करोड (२३.१६ प्रतिशत) र वित्तीय व्यवस्थातर्फ एक खर्ब ८९ अर्ब ४४ करोड (११.६० प्रतिशत) तथा प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ तीन खर्ब ८७ अर्ब ३० करोड (२३.७२ प्रतिशत) छुट्याइएको छ ।

यस्तो छ प्रतिस्थापन विधेयक

प्रकाशित मिति: १६:५५ बजे, शुक्रबार, भदौ २५, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्