प्रतिनिधिसभाको तेस्रो बैठकमा पनि एमालेको नाराबाजी जारी, बजेट प्रतिस्थापन विधेयक प्रस्तुत
प्रतिनिधिसभाको शुक्रबारको तेस्रो बैठकमा पनि एमाले सांसदहरूले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध नाराबाजी कायम राखेका छन् ।
काठमाडौं, भदौ २५ : प्रतिनिधिसभाको शुक्रबारको तेस्रो बैठकमा पनि एमाले सांसदहरूले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध नाराबाजी कायम राखेका छन् ।
रोस्ट्रम अघिल्तिर मर्यादापालकसँग एमाले सांसदहरूको घम्साघम्सी र नाराबाजीबीच सभामुख सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई बजेटसम्बन्धी प्रतिस्थापन विधेयक प्रस्तुत गर्न अनुमति दिएका छन् । अहिले अर्थमन्त्री शर्माले प्रतिस्थापन विधेयक प्रस्तुत गरिरहेका छन् ।
प्रकाशित मिति: १५:५१ बजे, शुक्रबार, भदौ २५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार