प्रतिनिधिसभाको दोस्रो बैठक पनि एमालेद्वारा अवरुद्ध
प्रतिनिधिसभाको दोस्रो बैठक पनि एमाले सांसदहरूले अवरुद्ध बनाएका छन् ।
काठमाडौं, भदौ २५ : प्रतिनिधिसभाको दोस्रो बैठक पनि एमाले सांसदहरूले अवरुद्ध बनाएका छन् ।
१५ मिनट स्थगित भएर पुनः सुरु भएको बैठक रोस्ट्रम अघिल्तिर नाराबाजी गर्दै एमाले सांसदहरूले अवरुद्ध बनाएका हुन् ।
उनीहरूको मागबारे पर्याप्त ध्यानाकर्षण भएको बताउँदै बैठक अगाडि बढाउन सभामुख अग्निप्रसाद सापकोटाले आग्रह गर्दा पनि एमाले सांसदहरूले नाराबाजी कायम राखेका छन् ।
प्रकाशित मिति: १३:५७ बजे, शुक्रबार, भदौ २५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
-(7)-1754027599.jpg)