राष्ट्रियसभामा राजनीतिक दलसम्बन्धी अध्यादेश टेबल, सोमबारसम्मका लागि बैठक स्थगित
एमाले सांसदहरूको अवरोधका बावजुद गृहमन्त्री बालकृष्ण खाँणले राजनीतिक दलसम्बन्धी ऐनको दोस्रो संशोधन अध्यादेश टेबल गरेका छन्।
काठमाडौं, भदौ २५ : एमाले सांसदहरूको अवरोधका बावजुद गृहमन्त्री बालकृष्ण खाँणले राजनीतिक दलसम्बन्धी ऐनको दोस्रो संशोधन अध्यादेश टेबल गरेका छन् ।
बैठक सुरु हुनासाथ एमाले सांसदहरूले सिटबाट उठेर बैठकमा अवरोध गरेका थिए । एमाले सांसद देबेन्द्र दाहाललाई राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले बोल्न समय दिएका थिए ।
उनी बोलिसकेर पनि अवरोध कायम रहेपछि अध्यक्ष तिमिल्सिनाले सदनको कारवाही अगाडि बढाएका हुन् । अहिले एमाले सांसदहरूले सिटमा बसेर बैठक अगाडि बढाउन दिएका छन् ।
अध्यक्ष तिमिल्सिनाले २८ भदाै सोमबारसम्मका लागि बैठक स्थगित गरेका छन्।
प्रकाशित मिति: १३:३१ बजे, शुक्रबार, भदौ २५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार