Kathmandu Press

एनसेलको नयाँ अभियान ‘डेटा सधैँ अन’

काठमाडौं भदौ २२ : एनसेल आजियाटा लिमिटेडले आफ्नो फोरजी सेवाको विस्तारलाई केन्द्रित गर्दै सोमबार नयाँ अभियान ‘डेटा सधैं अन’ सुरु गरेको घोषणा गरेको छ...
एनसेलको नयाँ अभियान ‘डेटा सधैँ अन’
Hardik ivfHardik ivf

काठमाडौं भदौ २२ : एनसेल आजियाटा लिमिटेडले आफ्नो फोरजी सेवाको विस्तारलाई केन्द्रित गर्दै सोमबार नयाँ अभियान ‘डेटा सधैं अन’ सुरु गरेको घोषणा गरेको छ । 

यस अभियानले मोबाइल ब्रोडब्याण्ड सेवाबाट पाउन सकिने अवसरहरुबाट लाभ लिनका लागि एनसेल फोरजी नेटवर्कका साथ सधैं कनेक्टेड र अन रहन प्रोत्साहन गरिरहने एनसेलले बताएको छ ।

एनसेलले नवीन प्रविधिहरु भित्र्याउँदै विश्वस्तरीय सेवा तथा ग्राहक अनुभव प्रदान गर्ने आफ्नो प्रतिबद्धता बमोजिम आफ्ना ग्राहकलाई उच्च गतिको मोबाइल ब्रोडब्याण्ड सेवामा पहुँच पु¥याउँदै देशको दुई तिहाइ भन्दा बढि जनसंख्यामा फोरजी सेवाको विस्तार गरिसकेको छ ।

कोभिड–१९ को महामारीले निम्ताएको विपद परिस्थितिकाबीच पनि एनसेलले फोरजी ब्रोडब्याण्ड सेवालाई देशको पाँच सय ५० भन्दा बढि स्थानिय तहसम्म विस्तार गरिसकेको छ । बाँकी रहेका स्थानमा पनि सेवा विस्तारको लागि कार्य निरन्तर गरिरहेको छ ।

आफ्ना ग्राहकलाई सधैं डिजिटल्ली कनेक्टेड रहन प्रोत्साहित गर्नका लागि यस ‘डेटा सधैँ अन’ अभियान अन्तर्गत विभिन्न सेवा तथा अफरहरु सुलभ दरमा प्रदान गर्न एनसेल प्रतिबद्ध रहेको बताइएको छ । 

एनसेलका ग्राहकले एस्ट्रिक्स १७१२३ ह्यास डायल गरि आफ्नो आवश्यकता अनुसार विभिन्न डेटा प्याकहरु सुचारु गर्न सक्छन । विभिन्न अनलाइन प्लेटफर्म जस्तै एनसेल एप तथा वेबसाइटबाट पनि प्याकहरु सुचारु गर्न सकिन्छ । एनसेलले देशभरी ७२ लाख भन्दा बढि ग्राहकलाई डेटा सेवा प्रदान गरिरहेको छ र त्यस मध्ये ४८ लाख ग्राहकले एनसेलको फोरजी सेवा प्रयोग गरिरहेका छन् ।

प्रकाशित मिति: १२:०८ बजे, मंगलबार, भदौ २२, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्