Kathmandu Press

परम्परागत पुस्तकालयलाई समय सापेक्ष जोड्नु चुनौती : मुख्यमन्त्री

काठमाडौं, भदौ २१ : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले परम्परागत पुस्तकालयलाई समयसापेक्ष जोड्नु चुनौती भएको बताएका छन् ।पोखरा सार्वजनिक पुस्तकालयद्वारा आयोजित ‘गण्डकी...
परम्परागत पुस्तकालयलाई समय सापेक्ष जोड्नु चुनौती : मुख्यमन्त्री
Hardik ivfHardik ivf

काठमाडौं, भदौ २१ : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले परम्परागत पुस्तकालयलाई समयसापेक्ष जोड्नु चुनौती भएको बताएका छन् ।

पोखरा सार्वजनिक पुस्तकालयद्वारा आयोजित ‘गण्डकी प्रदेश केन्द्रीय पुस्तकालय स्थापना’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले पुस्तकालयको आवश्यकतालाई दृष्टिगत गर्दै गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेश केन्द्रीय पुस्तकालय स्थापना गर्ने सोच अघि सारेको बताए ।

प्रदेशको चिनारी दिने गरी पुस्तकालय स्थापना हुनुपर्नेमा जोड दिँदै उनले विगतमा समेत शासकहरूले पुस्तकालयको महत्व बुझेको उल्लेख गरे । मुख्यमन्त्री पोखरेलले १४औँ पुस्तकालय दिवसका अवसरमा आयोजित गण्डकी प्रदेशस्तरीय कविता प्रतियोगिताका विजेतालाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे ।

शिक्षा, संस्कृति विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले प्रदेशको पहिचान दिने किसिमका सामग्रीहरूलाई पुस्तकालयमा राख्नुपर्नेमा जोड दिए । कानुन, सञ्चार तथा प्रदेश मामिलामन्त्री विन्दुकुमार थापाले पुस्तकालय निर्माण प्राथमिकतामा रहेको बताउँदै सञ्चालित पुस्तकालयमा प्रभावकारी व्यवस्थापन आवश्यक भएको बताए । 

पोखरा सार्वजनिक पुस्तकालयका अध्यक्ष प्राडा विश्व श्रेष्ठले २०४६ सालपछि पुस्तकालय स्थापनामा जागरण सुरु भएको चर्चा गर्दै पुस्तकालयलाई राज्यले हेर्नुपर्नेमा जोड दिए । गण्डकी प्रदेश पुस्तकालय स्थापनाको विषय कार्यान्वयनमा आउनुपर्ने उनले बताए ।

पोखरा सार्वजनिक पुस्तकालय सञ्चालक समितिका सदस्य एवं पश्चिमाञ्चल विकास मञ्चका पूर्वमहासचिव धर्मराज बरालले पुस्तकालय समाजको सभ्यता भएको बताउँदै प्रदेशमा स्थापना गर्न लागिएको पुस्तकालय विशिष्ट पहिचान बोकेको हुनुपर्ने आवश्यकता औँल्याए । 
 

प्रकाशित मिति: २१:०१ बजे, सोमबार, भदौ २१, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्