Kathmandu Press

बालगोपाल बने यू–२३ टिमको प्रशिक्षक 

काठमाडौं, भदौ २१ : पटक–पटक नेपाली राष्ट्रिय टिमको मुख्य प्रशिक्षक रहेर काम गरिसकेका बालगोपाल महर्जन यू–२३ टिमको प्रशिक्षकमा नियुक्त भएका छन्।अखिल नेपाल फुटबल...
बालगोपाल बने यू–२३ टिमको प्रशिक्षक 

काठमाडौं, भदौ २१ : पटक–पटक नेपाली राष्ट्रिय टिमको मुख्य प्रशिक्षक रहेर काम गरिसकेका बालगोपाल महर्जन यू–२३ टिमको प्रशिक्षकमा नियुक्त भएका छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार महर्जनलाई यू–२३ टिमको प्रशिक्षकको जिम्मेवारी दिएको हो। आसन्न एएफसी यू–२३ एसियन कप छनोट प्रतियोगितालाई मध्यनजर गर्दै एन्फाले महर्जनलाई प्रशिक्षकमा नियुक्त गरेको हो।

Hardik ivf

यस्तै, एन्फाले रोजित केसीलाई सहायक प्रशिक्षक र ललित चन्दलाई गोलकिपर प्रशिक्षकमा नियुक्त गरेको छ । एफएसी यू–२३ एसियन कप छनोटमा नेपाल समूह बीमा छ । यो समूहमा इरान, लेबनान र ताजकिस्तान छन्।

ताजकिस्तानमा हुने छनोट प्रतियोगितामा नेपालले अक्टोरब २५मा इरान, अक्टोबर २८मा ताजकिस्तान र अक्टोरब ३१ मा लेवनानसँग खेल्ने छ। 

प्रकाशित मिति: १९:५० बजे, सोमबार, भदौ २१, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्