Kathmandu Press

नेपाल र भारतबीचको खेल हेर्न दर्शकलाई अनुमति

काठमाडौं, भदौ १६ : नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल दर्शकले रंगशलामै गएर हेर्न पाउने भएका छन्। सरकारले अनुमति दिएपछि सो मैत्रीपूर्ण खेलह दर्शकले...
नेपाल र भारतबीचको खेल हेर्न दर्शकलाई अनुमति
Hardik ivf

काठमाडौं, भदौ १६ : नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल दर्शकले रंगशलामै गएर हेर्न पाउने भएका छन्। सरकारले अनुमति दिएपछि सो मैत्रीपूर्ण खेलह दर्शकले रंगशालामै गएर हेर्न पाउने भएका हुन्।
 
एन्फाका अनुसार ५ हजार १ सय दर्शकलाई खेल हेर्न अनुमति दिएको छ। तर त्यसका लागि सरकारले केही सर्त तोकेको छ।

रंगशालामै गएर खेल हेर्न दुवै डोज खोप लगाएको हुनुपर्नेछ भने पिसिआर रिपोर्ट नेगेटिभ आएको प्रमाण पनि चाहिनेछ। एन्फाले खेलको टिकट अनलाइटबाट काट्न सकिने बताएको छ । तर, मूल्यमा अहिलेसम्म निर्धारण भइसकेको छैन।

आसन्न साफ च्याम्पियनसिपको तयारीका लागि नेपाल र भारतबीच दुई मैत्रीपूर्ण खेल हुन लागेको हो। खेल भदौ १७ र २० गते दशरथ रंगशालामा आयोजना हुँदैछ।

प्रकाशित मिति: १३:१६ बजे, बुधबार, भदौ १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्