Kathmandu Press

वैशाखमात्रै १ खर्ब ६५ अर्ब रेमिट्यान्स भित्रियो 

१० महिनामा रेमिट्यान्स १३.२ प्रतिशतले वृद्धि भएको छ। चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म १३ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो। 
वैशाखमात्रै १ खर्ब ६५ अर्ब रेमिट्यान्स भित्रियो 

काठमाडौं, जेठ २७ : चालु आर्थिक वर्ष २०८१/८२ को वैशाख महिनामा १ खर्ब ६५ अर्ब ३० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। 

अघिल्लो वर्षको वैशाखको तुलनामा यसपालि ४९ अर्ब ३१ करोड रुपैयाँले रेमिट्यान्स बढेको हो। नेपाल राष्ट्र बैंकका अनुसार गत वर्षको वैशाखमा एक खर्ब १५ अर्ब ९९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । 

Hardik ivf

१० महिनामा रेमिट्यान्स १३.२ प्रतिशतले वृद्धि भएको छ। चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म १३ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो। 

यस्तै, वैशाख मसान्तसम्म वैदेशिक रोजगारीका निम्ति संस्थागत तथा व्यक्तिगत गरी नयाँ अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या चार लाख पाँच हजार ६ सय १० छ। 

यसैगरी पुनः श्रम स्वीकृति लिनेको संख्या दुई लाख ८० हजार ३ सय १४ छ। 

अघिल्लो वर्षको सोही अवधिमा संस्थागत तथा व्यक्तिगत गरी नयाँ अन्तिम श्रम स्वीकृति लिनेको संख्या ३ लाख ७३ हजार ३ सय ७ थियो भने पुनः श्रम स्वीकृति लिनेको संख्या दुई लाख ३६ हजार ३ सय ९८ थियो।

प्रकाशित मिति: १३:१३ बजे, मंगलबार, जेठ २७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्