Kathmandu Press

नेपाल र पपुवा न्युगिनीबीचको सिरिज एक्सन स्पोर्ट्सले प्रत्यक्ष प्रशारण गर्ने

काठमाडौं, भदौ १५  : नेपाल र पपुवा न्युगिनीबीचको एकदिवसीय सिरिज एक्सन स्पोर्ट्सले प्रत्यक्ष प्रशारण गर्ने भएको छ। २ खेलको एकदिवसीय सिरिज प्रत्यक्ष प्रशारणको...
नेपाल र पपुवा न्युगिनीबीचको सिरिज एक्सन स्पोर्ट्सले प्रत्यक्ष प्रशारण गर्ने
Hardik ivfHardik ivf

काठमाडौं, भदौ १५  : नेपाल र पपुवा न्युगिनीबीचको एकदिवसीय सिरिज एक्सन स्पोर्ट्सले प्रत्यक्ष प्रशारण गर्ने भएको छ। २ खेलको एकदिवसीय सिरिज प्रत्यक्ष प्रशारणको जिम्मा नेपाल क्रिकेट संघ (क्यान) ले एक्सन स्पोर्ट्सलाई दिएको छ।

मंगलबार क्यान र डिसहोम नेकटवर्ट प्रालिबीच एकदिवसिरिज प्रत्यक्ष प्रशारण सम्बन्धी सम्झौता भएको छ। सम्झौता पत्रमा क्यानका कोषाध्यक्ष रोशनकुमार सिंह र डिसहोम नेकटवर्कका प्रबन्ध निर्देशक सुदीप आचार्यले हस्ताक्षर गरे।

एक्सन स्पोर्ट्स डिसहोमकै च्यानल हो । सो सिरिज एक्सन स्पोर्ट्ससँगै ‘डिसहोसम गो’ ओटिटी एप्समा पनि पनि आउनेछ।

नेपाल र पपुवा न्युगिनीबीचको एकदिवसीय सिरिज ओमानमा हुनेछ । नेपाली टिम विश्वकप लिग–२ अन्तर्गतको सिरिज खेल्न ओमानमै रहेका एकदिवसीय सिरिज पनि आमानमै हुन लागेको हो।

सिरिज भदौ २० र २३ गते हुने छ । सिरिजको पहिलो खेल दिउँसो हुनेछ भने दोस्रो डे–नाइट हुने क्यानले जनाएको छ।

प्रकाशित मिति: २०:३६ बजे, मंगलबार, भदौ १५, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्