Kathmandu Press

तिब्बतको रेलका सेलिब्रिटी इन्जिनियर!

ल्हासा, साउन २६ : चीनको स्वशासित क्षेत्र तिब्बतमा हालै सञ्चालनमा आएको ल्हासा–निङ्ची रेलमार्ग अहिले चर्चामा छ। चिनियाँ राष्ट्रपति सी जिनपिङ आफैंले ‘उद्घाटन यात्रा’...
तिब्बतको रेलका सेलिब्रिटी इन्जिनियर!

ल्हासा, साउन २६ : चीनको स्वशासित क्षेत्र तिब्बतमा हालै सञ्चालनमा आएको ल्हासा–निङ्ची रेलमार्ग अहिले चर्चामा छ। चिनियाँ राष्ट्रपति सी जिनपिङ आफैंले ‘उद्घाटन यात्रा’ गरेको रेलमार्गबारे संसाभर चर्चा नहोस् पनि किन ! तर, त्यति नै चर्चामा छन्, रेलमार्गका रेल इन्जिनियर।

उनको नाम हो, सोनाम वाङ्चुक, जो अहिले चिनियाँ सामाजिक सञ्जालमा सेलिब्रिटी बनेका छन्।

वाङ्चुक तिब्बतकै ल्होरोङ काउन्टीका बासिन्दा हुन्। र, विमानको पाइलटजत्तिकै मान्यताप्राप्त रेलको इन्जिनियर बनेको १४ वर्ष बित्यो।

हालसम्म उनले पाँच लाख ५० हजार किलोमिटरको सुरक्षित यात्रा तय गरिसकेका छन्। तथा, क्विन्गाई–तिब्बत रेलमार्गमा दुई हजार पटकभन्दा बढी ओहोरदोहोर गरिसकेका छन्।

रेल इन्जिनियरको उनको करिअर यत्तिकै आर्जिक भएको होइन। उनको यो किशोर वयदेखिकै सपना हो, जुन पूरा गरेरै छाडे।

सन् १९८० मा सात वर्षको छँदा उनले आफ्ना प्राथमिक विद्यालयका शिक्षकबाट पहिलोपटक रेलबारे जानकारी पाएका छन्न। र, शिक्षकले नै उनलाई पहिलोपटक रेलको तस्बिर देखाएका थिए। शिक्षकको कुरामा उनी मन्त्रमुग्ध बनेका थिए।

र, उनले एक दिन रेलको पाइलट या इन्जिनियर बनेरै छाड्ने अठोट लिए। अनि आफ्नो सपना पूरा गर्न कठोर मिहिनेत गरे।

सन् २००३ मा उनी गान्सु प्रान्तको लाङ्चोउ रेलवे मेसिनरी स्कुलमा भर्ना भए। गाउँबाट लाङ्चोउ पुग्न उनले ६ दिनमा दुई हजार पाँच सय किलोमिटरको यात्रा तय गरेका छन्।

उनले त्यहाँ चार वर्ष पढे। स्कुल छुट्टिमा उनी वर्षदिनमा एकपटक घर जान पाउँथे। अरू सबै समय उनले अध्ययनमा लगाए।

सन् २००७ मा सोनामले ‘चाइना रेलवे’को क्विन्गाई प्रान्तस्थित ‘क्विन्गाई–तिब्बत ग्रुप कम्पनी’मा इन्टर्नसिप गर्न थाले। पाँच वर्षको कठोर मिहिनेतपछि लिइएको परीक्षामा उनी उत्तीर्ण भए। र, पूर्ण रूपमा रेलवे इन्जिनियर बने।

कडा प्रतिस्पर्धात्मक चयन प्रक्रियाको एक शृंखला पार गरेपछि सोनामले गत वर्ष तिब्बतमा फुक्सिङ बुलेट ट्रेन चलाउने लाइसेन्स प्राप्त गरे। प्रतिस्पर्धामा सहभागी अन्यका लागि तिब्बतको पातलो हावासँग भिज्न सकेनन् र बाहिरिए। सोनामका लागि तिब्बत आफ्नै घर थियो। र, उनको नयाँ कार्यक्षेत्र पनि घरभन्दा ज्यादा टाढा थिएन।

‘म यस्तो दूरदराजमा जन्मे हुर्केको हुँ, जसका लागि पूरै जीवनभर रेल देख्नु सपनासरह थियो। तर, आज म रेल इन्जिनियर बनेको छु। यो स्वर्णिम अवसरका लागि म मेरो देशलाई धन्यवाद दिन चाहन्छु,’ उनी भन्छन्, ‘केही वषएपछि नै मेरो गाउँ चाम्दो पनि रेलमार्गमा जोडिँदैछ। र, त्यसपछि म गाउँसम्मै रेलमा पुग्न पाउने छु।’ (चाइना डेलीबाट)

 

प्रकाशित मिति: ०६:२४ बजे, मंगलबार, साउन २६, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्